मध्यपश्चिम विश्वविद्यालय अन्तर्गतका १० वटै आंगिक क्याम्पसको स्ववियू निर्वाचन स्थगित
सुर्खेत । उच्च अदालत सुर्खेतले भोलि (चैत्र ३) गर्ने भनिएको स्वतन्त्र विद्यार्थी युनिय (स्ववियू) को निर्वाचन रोक्ने आदेश जारी गरेसँगै विश्वविद्यालय अन्तर्गतका अन्य आंगिक क्याम्पसको निर्वाचन पनि स्थगित गरिएको छ । आज बसेको विश्वविद्यालयको बैठकले अन्य १० वटै आंगिक क्याम्पसको चुनाव रोक्ने निर्णय गरेको हो । मंगलबार विश्वविद्यालय अन्तर्गतको ‘स्कुल अफ मेनेजमेन्ट’ (मुसोम) का विद्यार्थीले मतदानबाट वञ्चित गराइएको भन्दै उच्च अदालतमा रिट दायर गरेका थिए । उच्च अदालत सुर्खेतले अर्को आदेश नहुने बेलासम्म स्ववियु निर्वाचन स्थगित गर्न आदेश जारी गरेको थियो । चैत्र ८ गते दुवै पक्षलाइ उच्च अदालत सुर्खेतमा ऊपस्थित हुनु आदेश जारी गरेको छ ।
यस्तै आज बसेको विश्वविद्यालयको बैठकले अन्य क्याम्पसको पनि स्ववियू निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । एमयुजस्तै बबई बहुमुखी क्याम्पस बर्दिया र नारायण बहुमुखी क्याम्पस दैलेखमा विवादका कारण तालाबन्दी भएको छ । यस्तै भेरी ज्ञानोदय बहुमुखी क्याम्पस जाजरकोट र मुसिकोट खलंगा बहुमुखी क्याम्पस रुकुम पश्चिममा पनि विवाद छ ।
केही क्याम्पसमा मात्र निर्वाचन गर्नुभन्दा पछि सबैमा सँगै गर्दा उपयुक्त हुने भन्दै सबै आंगिक क्याम्पसको चुनाव स्थगित गरिएको बताइएको छ । १० वटा आंगिक क्याम्पसमध्ये तीनवटा क्याम्पस लुम्बिनी प्रदेशमा पर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण