साताको सेयर बजार : मार्केट क्यापिटलाइजेशन २७ खर्बमा झर्यो
काठमाडौँ । सेयर बजारका लागि यो साता निकै सकसपूर्ण बन्यो । सातामा पाँच दिन नै खुलेको बजारमा एक दिन झिनो अंकले नेप्से बढ्दै गर्दा बाँकी चार दिन ऋणात्मक बन्न पुगेको छ । फागुन २८ गते आइतबारदेखि चैत २ गतेसम्मको कारोबारमा नेप्से सूचक ६९.३९ अंकले गुम्दै १९ सय ३३.३१ अंकको विन्दुमा झर्न पुगेको छ । यता कारोबार भने ६ अर्ब १८ करोड ८२ लाख ६७ हजार ६५१ रुपैयाँ बराबरको भएको छ ।
अघिल्लो हप्ता तीन दिन मात्र खुलेको बजारमा नेप्से सूचक ३३.६८ अंकले बढ्दै २ हजार २.७० अंकको विन्दुमा अडिएको थियो भने ४ अर्ब ७ करोड १४ लाख ५६ हजार ५८६ रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।
कुन दिन कस्तो रह्यो कारोबार ?
फागुन २५ गते अर्थात् मार्च ९ मा एकैदिन ५० अंक माथिले बढ्दै नेप्से सूचक २ हजार अंकको विन्दुमा पुगेको थियो । तर, साताको पहिलो कारोबार दिन फागुन २८ गते नै नेप्से सूचक २६.८० अंकले घट्दै १९ सय ७५.९० अंकमा झर्न पुग्यो । दोस्रो दिन फागुन २९ गते सोमबार थप २४.६८ अंकले नेप्से घट्दै १९ सय ७७.५२ अंकमा झर्यो । तर, तेस्रो दिन मङ्गलवार भने १.८५ (झिनो अंकले) नेप्से बढ्दै १९ सय ५३.०६ अंकमा उक्लिएको थियो ।
फागुन अन्तिम दिन अर्थात् ३० गते कारोबारको चौथो दिन पुनः नेप्से सूचक १४.४४ अंकले घटेकोमा पाँचौ दिन ५.३२ अंकले घटेर १९ सय ३३.३१ अंकको विन्दुमा झर्न पुगेको छ । समग्रमा यो साता धितोपत्र बजारको पुँजी (मार्केट क्यापिटलाइजेशन) १ लाख ७ हजार रुपैयाँले घट्दै २७ खर्ब ९३ अर्ब ४१ करोड ८० लाखमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । अघिल्लो हप्ता यस्तो मार्केट क्यापिटलाइजेशन २९ खर्ब १ अर्ब ३१ करोड ७० लाख रुपैयाँ कायम भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण