अमृत साइन्स क्याम्पसका निर्वाचन अधिकृतले दिए राजीनामा
काठमाडौँ । अमृत साइन्स क्याम्पस (अस्कल) का स्ववियु निर्वाचन अधिकृतले राजीनामा दिएका छन् । क्याम्पसमा निर्वाचन गराउन सकिने वातावरण नभएको भन्दै निर्वाचन अधिकृत उमाकान्त लाल कर्णले राजीनामा दिएका हुन् ।
निर्वाचन अधिकृतले राजीनामा दिएसँगै निर्वाचन समितिको बैठक बसिरहेको छ । अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न समितिको बैठक बसेको हो ।
अस्कलमा अखिल क्रान्तिकारीलगायतका विद्यार्थी संगठनहरूले तालाबन्दी गरेका छन्। फर्जी विद्यार्थी भर्ना गराएको भन्दै अखिल क्रान्तिकारीले तालाबन्दी गरेको छ ।
मुद्दा चलिरहेको व्यक्तिलाई स्ववियु उम्मेदवार बनाएको भन्दै अखिल क्रान्तिकारी लगायतले क्याम्पसमा तालाबन्दी गरेका हुन् ।
अमृतमा अखिल क्रान्तिकारीको तर्फबाट ३ जनाले बागी उम्मेदवारी दिएका छन् । आन्तरिक विवाद साम्य पार्न नसकेपछि अखिलले निहुँ खोजेको अनेरास्ववियुको आरोप छ।
अनेरास्ववियुले सभापतिको उम्मेदवार कमल जोशीलाई बनाएको छ । क्रान्तिकारीले उनको उम्मेदवारीमाथि प्रश्न उठाउँदै आएपछि निर्वाचन समितिले छानबिन गरेको थियो । छानबिनपछि उनको उम्मेदवारी कायम गरेको थियो । तर क्रान्तिकारीले उनको उम्मेदवारीलाई मुख्य विषय बनाउँदै आएको छ।
अनेरास्ववियुले निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेको छ। अनेरास्ववियुका अस्कल अध्यक्ष रुद्रहरी पोखरेलले एक विज्ञप्ती जारी गरेर तत्काल तालाबन्दी खोलेर निर्वाचन प्रक्रिया अगाडि बढाउन माग गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण