समर्थक र प्रस्तावकबाटै जनमतलाई 'धोका', जसपाका उम्मेदवारलाई भोट
काठमाडौँ । जनमत पार्टीबाट उपराष्ट्रपतिको उम्मेदवार बनेकी ममता झालाई प्रस्तावक र समर्थक बसेकै पार्टीले मत नदिएको खुलेको छ ।
उपराष्ट्रपतिमा झाको समर्थक र प्रस्तावकमा लोकतान्त्रिक समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका थिए । तर यी दुवै दलले जनता समाजवादी पार्टी नेपाल (जसपा)को तर्फबाट उपराष्ट्रपतिका उम्मेदवार बनेका रामसहाय यादवलाई मतदान गरेको खुलेको हो ।
उम्मेदवार झाको प्रस्तावकमा जनमतका अब्दुल खान, अनिता देवी, नागरिक उन्मुक्ति पार्टीका गंगाराम चौधरी, लोसपाका अभिराम शर्मा र रूपाकुमारी यादव रहेका थिए । यस्तै, समर्थकमा जनमत पार्टीका गोमा लाभ सापकोटा, विनीता कुमारी सिंह, वसन्तकुमार कुशवाहा, नागरिक उन्मुक्ति पार्टीका रामप्रकाश चौधरी र लोसपाका रानीकुमारी तिवारी रहेका थिए ।
लोसपाका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशको प्रदेश सभा सदस्य जितेन्द्र सोनलले १० दलीय गठबन्धनका साझा उम्मेदवारलाई आफ्नो पार्टीले मतदान गरेको बताए । १० दलीय गठबन्धनको साझा उम्मेदवार रामसहाय यादव रहेको उनको भनाइ छ ।
यस्तै नागरिक उन्मुक्ति पार्टी मधेश प्रदेश सभा सदस्य उर्मिला सिंहले आज विहान बसेको बैठकले उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने निर्णय गरेको बताइन् । सोही अनुसार आफूहरूले मतदान गरेको उनको भनाइ छ ।
जनमत पार्टीले उपराष्ट्रपतिमा ममता झालाई उठाएसँगै जनमत, लोसपा र उन्मुक्ति पार्टीको बीचमा कार्यगत एकता घोषणा भएको थियो । उपराष्ट्रपतिलगायत अन्य राजनीतिक गतिविधिमा सहकार्य गर्ने सहमति तीन दलको बीचमा भएको थियो । तर उपराष्ट्रपतिको निर्वाचनमा एकमत हुन नसकेको हो ।
१० दलीय गठबन्धनमध्ये जनमतबाहेक सबै दलको मत रामसहाय यादवलाई गएको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण