उपराष्ट्रपति निर्वाचनमा ५३ सांसदले हालेनन् भोट
काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा ५३ जना सांसदले मतदान गरेनन् । २१ संघीय सांसद र ३२ प्रदेश सांसदले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगरेका हुन् । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दा ८८२ जनाको नाम सार्वजनिक गरेकोमा उपराष्ट्रपति पदको निर्वाचनको लागि मतदान प्रक्रियामा संघ तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि ८२९ जनामात्र सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने र साँझ ६ बजेसम्म नतिजा आउने निर्वचन अधिकृतको कार्यालयले जनाएको छ ।
यी हुन् उपराष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसदहरू
१. राप्रपा संघ १४, प्रदेश २८ गरि जम्मा – ४२ जना
२. नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा – ४ जना
३. राष्ट्रपति रामचन्द्र पौडेल – १ जना
४. संघका चन्द्र चण्डारी (बिरामी) – १ जना
५. संघका बर्षमान पुन (बिरामी) – १ जना
६. संघका सनाज रहमान (मृत्य) – १ जना
७. संघमा लक्ष्मी कोईरी महतो (फरार) – १ जना
८. जसपा प्रदेश सांसद– १ जना
९. संघको मनोरमा शेरचन (बिरामी) – १ जना
– संघमा २१ जना
– प्रदेशमा ३२ जना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रमिकहरूले पाउने ज्यालाका लागि आवाज उठाइरहन्छु : सांसद कार्की
-
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म
-
म्याराथनको टिसर्टमा खुम्चिएका बीपी : फेसन कि समाजवाद ?
-
विपक्षी दलहरूले विपद् व्यवस्थापनबारे राष्ट्रियसभामा गृहमन्त्रीको ध्यानाकर्षण प्रस्ताव दर्ता गर्दै
-
एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक
-
प्रहरी कर्मचारीलाई ट्राफिक नियन्त्रण तालिम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण