बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
उपराष्ट्रपति निर्वाचन

उपराष्ट्रपति निर्वाचनमा ५३ सांसदले हालेनन् भोट

शुक्रबार, ०३ चैत २०७९, १५ : ३७
शुक्रबार, ०३ चैत २०७९

काठमाडौँ । उपराष्ट्रपति पदको निर्वाचनमा ५३ जना सांसदले मतदान गरेनन् । २१ संघीय सांसद र ३२ प्रदेश सांसदले उपराष्ट्रपतिको निर्वाचनमा मतदान नगरेका हुन् । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको अन्तिम नामावली प्रकाशन गर्दा ८८२ जनाको नाम सार्वजनिक गरेकोमा उपराष्ट्रपति पदको निर्वाचनको लागि मतदान प्रक्रियामा संघ तर्फबाट ३११ र प्रदेश तर्फबाट ५१८ गरि ८२९ जनामात्र सहभागी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदान सम्पन्न भएसँगै मतगणना सुरु गर्ने र साँझ ६ बजेसम्म नतिजा आउने निर्वचन अधिकृतको कार्यालयले जनाएको छ । 
यी हुन् उपराष्ट्रपति निर्वाचनमा सहभागी नभएका सांसदहरू 
१. राप्रपा संघ १४, प्रदेश २८ गरि जम्मा – ४२ जना
२. नेमकिपा संघ १, प्रदेश ३ गरि जम्मा – ४ जना
३. राष्ट्रपति रामचन्द्र पौडेल – १ जना
४. संघका चन्द्र चण्डारी (बिरामी) – १ जना
५. संघका बर्षमान पुन (बिरामी) – १ जना
६. संघका सनाज रहमान (मृत्य) – १ जना
७. संघमा लक्ष्मी कोईरी महतो (फरार) – १ जना
८. जसपा प्रदेश सांसद– १ जना
९. संघको मनोरमा शेरचन (बिरामी) – १ जना
– संघमा २१ जना
– प्रदेशमा ३२ जना

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप