बाटो अभावले डोल्पा अस्पतालका एम्बुलेन्स प्रयोगविहीन

डोल्पा । जिल्ला अस्पताल डोल्पामा दुई एम्बुलेन्स छन्, तर अस्पतालसम्म जान र आउन भने पाउँदैनन् । अस्पतालको बीचमा भेरी नदी र सडक नहुँदा एम्बुलेन्स भेरी नदी पारी थन्क्याउनुपर्ने बाध्यता छ ।
दुईमध्ये एक एम्बुलेन्स एक वर्षदेखि सञ्चालनमा छैन । अर्को एम्बुलेन्सले भेरी नदी पारीसम्म मात्र सेवा दिने गर्दछ । झन्डै एक किलोमिटर टाढाको दुरीमा एम्बुलेन्सबाट बिरामी झारेर स्टेचरका माध्यमले बिरामीलाई अस्पतालसम्म ल्याउने गरिन्छ ।
स्टेचरमा राखेर बिरामी ल्याउन र लैजानसमेत साँघुरो बाटो भएकाले सधैँ मुस्किल हुने गरेको ठूलीभेरीका नवराज थापाले बताए । अस्पतालबाट बाहिर लैजानका लागि सिफारिस गरिएका बिरामीलाई समेत एम्बुलेन्ससम्म पु¥याउन समस्या हुँदै आएको छ ।
कतिपय गर्भवती अस्पतालसम्म ल्याउँदा ल्याउँदै बाटोमै सुत्केरीसमेत हुने गरेको डा सुस्मिता जोशीले बताइन् । अस्पतालमा बिरामीलाई लैजान र ल्याउन भेरी नदी बाधक बनेको छ । भेरी नदीमा पुल निर्माण नहुँदा एक किलोमिटर लामो बाटो प्रयोग गरेर स्टेचरका भरमा मुस्किलले अस्पतालसम्म बिरामी पु¥याउने गरिएको डा जोशीले बताइन् ।
“साँघुरो बाटो एक किलोमिटर हिँडेर अस्पतालसम्म जान र आउन निकै समस्या हुने गरेको छ, हामीले समस्या समाधानका लागि प्रयास जारी राखेका छौँ”, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कमल शाहीले भने । पच्चीस शय्याको नयाँ अस्पतालको निर्माणको काम जारी छ ।
अस्पताल निर्माणका लागि आवश्यक सामग्री ल्याउनसमेत समस्या हुँदै आएको बताइएको छ । बिरामी मात्र होइन, अस्पतालमा आवश्यक उपकरणदेखि अन्य सामग्री ल्याउनसमेत समस्या रहँदै आएको छ ।
स्वास्थ्य सेवा कार्यालय वल्लो दुनैमा रहेको छ भने अस्पताल पल्लो दुनैमा छ । कर्मचारी तथा स्वास्थ्यकर्मीलाई जान र आउनमात्र आधा घण्टा लाग्छ । अहिले स्वास्थ्य सेवा कार्यालयको मातहतमा जिल्ला अस्पताल रहेको छ । भेरी करिडोरभित्र दुई वर्षअघि मात्र डोल्पा सदरमुकाम दुनै सडक सञ्जालसँग जोडिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलविद्युत आयोजनाको हेडवर्क साइटमा तोडफोड हुँदा लाखौँको क्षति
-
आन्दोलन र घेराउको त्रासले कोशी प्रदेशसभा बैठक अनिश्चित
-
कोकिन कारोबारमा संलग्न दुई भारतीय महिला पक्राउ, नेपाल ट्रान्जिट बनाएर अफ्रिकाबाट तस्करी
-
प्रधानमन्त्रीलाई ओलीको प्रश्न : किन विदेश जाँदै हुनुहुन्छ, दावेदारी कि तावेदारी ?
-
चार हजारभन्दा बढी अफगान शरणार्थी घर फर्किए
-
फिलिपिन्स पानीजहाज आगलागी : मृत्यु हुनेको संख्या ३१ पुग्यो, ७ जना बेपत्ता