शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि मतदान सुरु

शनिबार, ०४ चैत २०७९, १८ : २१
शनिबार, ०४ चैत २०७९

काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । शनिवार संघको नेतृत्वका लागि मतदान सुरु भएको हो । नेतृत्वका लागि मोहन निरौला र रेजिना उप्रेतीको प्यानल घोषणा भएको छ । 

उप्रेतीको प्यानलमा उपाध्यक्षमा शिवहरि नेपाल (बैरागी) र सरिता गिरीको उम्मेदवारी रहेको छ भने महासचिवमा पनाह अधिकारीको उम्मेदवारी रहेको छ । त्यस्तै सचिव पदमा जीवन थापा, कोषाध्यक्षमा विनोदकुमार भट्टराई उनको प्यानलबाट उम्मेदवार छन् । त्यस्तै सदस्य पदमा उहाँको प्यानलबाट रञ्जना खड्का (खुश्बु), खिन्न भण्डारी, निर्मल स्याङत्याङ, लक्ष्मण चौलागाईं, ईश्वरवल्ल्भ उप्रेती, दिलबहादुर दोङ, रामकुमार कार्की, राजेश गोसाईं, नितु कोइराला, भिमसेन बजगाईं र दिनेश अवालको उम्मेदवारी रहेको छ । 

निरौलाको प्यानलबाट उपाध्यक्षमा धनबहादुर बमजन (डीबी) र कविता गेलाल हुनुहुन्छ भने महासचिवमा सविन श्रेष्ठ छन् । सचिवमा रामेश्वर बुर्लाकोटी रहनुभएको छ । त्यस्तै कोषाध्यक्षमा सुनिल कटुवाल र सहकोषाध्यक्षमा पवित्रा आचार्य छन् । सहकोषाध्यक्षमा उम्मेदवारी दिनुभएकी आचार्य निर्विरोध निर्वाचित भइसकेकी छन् । सदस्यहरूमा उद्धवप्रसाद भट्टराई, गोपाल ढकाल, शीतल केसी, पवन केसी, रोशन श्रेष्ठ, पुण्यप्रसाद पाण्डे, पुकार भट्टराई, नम्रता खरेल, रामशरण जंगम, बबिता ढकाल, सुनिलकुमार पुरी, गोपीलाल तामाङ, निर्मल स्याङ्तान र समीर लामा छन् ।

मतदानका लागि आज अभिनेत्री रेखा थापा, सञ्चिता लुईटेल, कलाकार केदार घिमिरे,अभिनेता सुनिल थापा, अभिनेत्री रिमा विश्वकर्मा लगायतका कालाकारहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप