मेटमणि चौधरीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै दाङका नेता-कार्यकर्ताले छोडे एकीकृत समाजवादी
आइतबार, ०५ चैत २०७९, ०९ : ५४
दाङ । नेकपा (एकीकृत समाजवादी)का जिल्ला तहका नेताले पार्टी परित्यागको घोषणा गरेका छन् ।
एकीकृत समाजवादीका दाङ–१ बाट निर्वाचित सांसद तथा पूर्व मन्त्री मेटमणि चौधरी र जिल्ला अध्यक्ष शुरामणि बेलवासेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै केन्द्रीय परिषद् सदस्य मिना गुरुङसहितले पार्टी परित्याग गरेका हुन् ।
यसरी पार्टी परित्याग गर्नेमा चौधरीका प्रमुख स्वकीय सचिव भुमाण्डव केसीसमेत रहेका छन् । पार्टी परित्याग गर्नेहरूमा गुरुङ र केसीका अलवा गौरसिंह महरा, प्रदेश सदस्य सीता चौधरी, जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष हिमाल अधिकारी, जिल्ला सचिवालय सदस्य तथा लमही सचिव रमेशमान रोका क्षेत्री, जिल्ला सदस्य तथा लमही उपसचिव किशन भट्टराई र जिल्ला सदस्य गौरसिंह महरालगायत रहेका छन् ।
न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
-
सुदूरपश्चिम चलचित्रकर्मी सङ्घ गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण