प्रतिनिधिसभा बैठक : यस्ता छन् आजका कार्यसूची
काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । नयाँ बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो १ बजे बस्ने संसद बैठकको सुरुमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त पत्रहरु पढेर सुनाउने कार्यसूची तय गरिएको छ । जसअन्तर्गत सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउनेछन् ।
यस्तै सभामुख घिमिरेले नेपालको संविधानको धारा ६२ को उपधारा ६ बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान रिक्त रहेको व्यहोरा जानकारी गराउनेछन् । यस्तै राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त ‘अनुगमन तथा मूल्याङ्कन विधेयक, २०७८ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
सांसद प्रेम सुवालले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिनेछ । यस्तै प्रधानमन्त्री प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ पेश गर्ने कार्यसूची रहेको छ ।
सांसदहरु ज्ञानेन्द्र शाही र प्रेम सुवालले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनाहरुलाई निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची छ । प्रधानमन्त्री एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९ पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिको प्रतिवेदन, २०७९’ माथि विचार गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ जिल्लाका साना नदीमा बाढीको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
-
सोमबार कुन सहरमा कति छ वर्षाको सम्भावना ?
-
विदेशी बिरामी मार्फत् एक अर्ब ५० करोडभन्दा बढी विदेशी मुद्रा भित्र्याउँदै नेपाल नेत्रज्योति सङ्घ
-
लालबकैया बाँधको उच्चस्तरीय अनुगमन, बाढी जोखिम न्यूनीकरणमा सतर्कता अपनाइने
-
बीपी स्मृति दिवसमा कांग्रेसले आयोजना गर्ने ‘ग्रिन रन’ मा सहभागी हुन सभापति थापाको आह्वान
-
बाढीले क्षतिग्रस्त विद्युतीय गाडी टिमुरे भन्सारमै बेवारिसे (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण