कार्यसम्पादन समिति बैठक
मन्त्री छनोटका लागि कांग्रेसले तोक्यो चार मापदण्ड
आइतबार, ०५ चैत्र २०७९, १२ : २४

काठमाडौं । नेपाली कांग्रेसले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको छ ।
बैठकले योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर मन्त्रीलाई सरकार पठाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने उनको भनाइ छ । उनका अनुसार कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भनेर टुंगो लागिसकेको छैन ।
कांग्रेसभित्र पाँच जना ‘हेभीवेट’ नेताबिच सरकारको नेतृत्व गरेर जान हानथाप चलिरहेको छ । उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र प्रवक्ता प्रकाशशरण महत कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान चाहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल राष्ट्रिय कर्मचारी संगठन को बागमती प्रदेश अध्यक्षमा ढुंगाना
-
उपनिर्वाचनका लागि जसपाले पार्टी दर्ता गराउने
-
घान्द्रुक फोहोर व्यवस्थापनका लागि ज्योति विकास बैंकद्वारा डस्टबिन प्रदान
-
राष्ट्रपति पौडेलसँग चीनका राजदूतको शिष्टाचार भेट
-
माओवादी केन्द्र प्रशिक्षक उत्पादन गर्दै, वैचारिक अध्ययन गराउन प्रशिक्षण
-
रिटर्नी फेडेरेसन नेपालको प्रथम राष्ट्रिय महाधिवेशन हुने