कार्यसम्पादन समिति बैठक
मन्त्री छनोटका लागि कांग्रेसले तोक्यो चार मापदण्ड
आइतबार, ०५ चैत २०७९, १२ : २४
काठमाडौं । नेपाली कांग्रेसले चारवटा मापदण्डका आधारमा सरकारमा मन्त्री पठाउने भएको छ । संघीय संसद भवनको शंकर हलमा आइतबार विहान बसेको कार्यसम्पादन समितिको बैठकले मन्त्री बनाउन चारवटा मापदण्ड तोकेको छ ।
बैठकले योग्यता, क्षमता, आपसी समझदारी र सन्तुलन कायम राखेर मन्त्रीलाई सरकार पठाउने निर्णय गरेको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए । प्रधानमन्त्रीले सोमबार विश्वासको मत लिएपछि कांग्रेस सरकारमा सहभागी हुने उनको भनाइ छ । उनका अनुसार कांग्रेस कसको नेतृत्वमा सरकारमा जान्छ भनेर टुंगो लागिसकेको छैन ।
कांग्रेसभित्र पाँच जना ‘हेभीवेट’ नेताबिच सरकारको नेतृत्व गरेर जान हानथाप चलिरहेको छ । उपसभापति पूर्णबहादुर खड्का, नेता प्रकाशमान सिंह, विमलेन्द्र निधि, शेखर कोइराला र प्रवक्ता प्रकाशशरण महत कांग्रेसबाट नेतृत्व गरेर सरकारमा जान चाहेको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण