सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले सचेतक महेश बर्तौलाको प्रश्न : यो सरकार कस्को हो ?

आइतबार, ०५ चैत २०७९, १३ : २६
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले किसानलाई समयमा मल दिन नसक्ने यो कस्तो सरकार हो भन्दै प्रश्न गरेका छन् । आइतबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद बर्तौलाले यो सरकार कस्को हो ? भन्दै सरकारलाई प्रश्न गरे ।

उनले भने– ‘यो सरकार कस्को लागि काम गरिरहेको छ ? नेपालका किसानलाई समयमा एक बोरा मल समेत उपलब्ध गराउन नसक्ने यो सरकारले किसानको ढाड सेक्नेगरी, ढाड भाँच्नेगरी मलमा मूल्य वृद्धि गरेको छ । मलमा दिँदै आएको अनुदान कतौटी गरेको छ । कहिलेबाट किसानले सरकारबाट यस खालको ज्यादतिपूर्ण अन्याय सहनुपर्ने हो ? भूमिहीन सुकुम्बासीहरुले लामो समयदेखि जग्गाधनी पूर्जा प्राप्त गर्न सकेका छैनन् । जग्गाधनी पुर्जा पाउनका लागि उनीहरुले कहिलेसम्म कुर्नुपर्ने हो ? म सरकारलाई प्रश्न गर्न चाहन्छु ।’

उनले लाखौं यूवा बेरोजगार रहेको बेला उनीहरुका लागि सरकारको कुनै नीति नरहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप