बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
फोटो फिचर

कोशी नाम खारेजको माग गर्दै विराटनगरमा वृहत प्रदर्शन (फोटो फिचर)

आइतबार, ०५ चैत २०७९, १३ : ५०
आइतबार, ०५ चैत २०७९

विराटनगर । प्रदेशको नाम कोसी खारेज गर्नुपर्ने मुख्य माग लिएर विराटनगरमा आज वृहत् प्रदर्शन गरिएको छ । प्रदेश नं. १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकमा दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको छ । आजको प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने बताइएको छ । 

koshi -prasrasan (3)

प्रदर्शनलाई लक्षित गर्दै निषेधाज्ञा यसैबीच कोशी प्रदेश नामकरणपछि हुन लागेको विरोध प्रदर्शन रोक्न जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका केही स्थानलाई निषेधित क्षेत्र घोषणा गरेको छ । प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी  अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको छ ।

सुरक्षा स्थितिलाई सहज एवम् सामान्य तुल्याई राख्न जिल्ला सुरक्षा समितिको मोरङको निर्णयअनुसार चैत ५ गते बिहान ६ बजेदेखि अर्को आदेश नभएसम्म निषेधित स्थानमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, र्याली, धर्नाजस्ता कार्य गर्न रोक लगाइएको प्रशासनले जनाएको छ ।

koshi -prasrasan (4)koshi -prasrasan (5)koshi -prasrasan (11)koshi -prasrasan (13)koshi -prasrasan (14)koshi -prasrasan (15)koshi -prasrasan (16)koshi -prasrasan (17)koshi -prasrasan (18)koshi -prasrasan (19)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप