नीताको गुनासो–गर्भवतीको हल्लाले जीवनमा नकारात्मक प्रभाव पार्यो
काठमाडौँ । अभिनेत्री नीता ढुंगाना यतिबेला चर्चामा छिन् । उनको चर्चाको कारण गर्भवती भएको हल्ला हो ।
केही दिनयता उनी गर्भवती भएको हल्ला सामाजिक सञ्जालमा छ्याप्प छ्याप्ती देख्न सकिन्छ ।
केही दिन अगाडि आफू अभिनीत म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा आफ्नो सृजना पनि जन्माएको सन्तान जस्तै भएको अभिव्यक्ति दिएकी थिइन् । यही कुरोलाई पत्रकारले बङ्ग्याको भन्दै उनले सामाजिक सञ्जाल मार्फत गुनासो गर्दै समाचारले आफ्नो जीवनमा नकारात्मक प्रभाव पारेको बताएकी छन् ।
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘कलाकार भएपछी विभिन्न चरित्र निर्वाह गर्नुपर्ने हुन्छ । विभिन्न चरित्र निभाउने क्रममा हामीले आफ्नो कर्म र धर्म निर्वाह गरिरहेका हुन्छौँ । तर, सिनेमा वा भिडियोमा प्रस्तुत गरिएका काल्पनिक दृश्य र चरित्रलाई पत्रकारले समाचार सम्प्रेषण गर्दा कलाकारको वास्तविक जीवनमा त्यस्ता घटना भएको भन्ने आशय दिने भ्रामक हेडलाइन राख्ने र साना ठूला सामाजिक सञ्जाल सञ्चालकले त्यहाँका दृश्यहरुको गलत तरिकाले प्रस्तुत गर्ने गरेको कुरा नौलो हैन । यस्ता क्रियाकलापले धेरै कलाकारको जीवनमा नकारात्मक प्रभाव पारिरहेको छ । यस्तो प्रचलनप्रति मेरो घोर भर्त्सना छ । बिहीबार मात्र म अभिनीत मरिहत्ते बोलको म्युजिक भिडियो सार्वजनिक गर्नका लागि एक पत्रकार सम्मेलन भएको थियो तर, त्यहाँ पुगेका पत्रकारले भिडियोको कुरालाई मेरो व्यक्तिगत जिवनसंँग जोडेर भ्रामक हेडलाइन राखेका छन् । जुन आपत्तिजनक छ । मेरो जीवनमा यसले नकारात्मक प्रभाव पारेको छ । यस्ता क्रियाकलाप प्रति प्रेस काउन्सिललाई म ध्यानाकर्षण गराउन चाँहान्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण