शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
स्ववियु निर्वाचन

बाजुरामा हवाई फायर, दुईजना प्रहरी घाइते

आइतबार, ०५ चैत २०७९, १६ : ०७
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । स्ववियु निर्वाचनबारे विवाद हुँदा बाजुरामा झडप भएको छ । सत्ता गठबन्धन निकट विद्यार्थी र एमाले निकट अनेरास्ववियुको बीचमा झडप हुँदा प्रहरीले गोली चलाएको छ ।

बुढीनन्दा क्याम्पस, कोल्टीमा भएको झडप नियन्त्रणमा लिन हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी कविन्द्रसिंह बोहराले रातोपाटीलाई बताए । प्रहरीले अश्रुग्याँस पनि प्रहार गरेको छ ।

झडपमा परेर दुईजना प्रहरी घाइते भएका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप