विराटनगरमा भएको विरोध प्रदर्शनमा दुई प्रहरीसहित केही प्रदर्शनकारी घाइते
विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा आइतबार विराटनगरमा भएको प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिएका छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो ।
त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजीसमेत गरेका छन् । उनीहरुले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोड शेषमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।
जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण