शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय
विराटनगर प्रदर्शन

विराटनगरमा भएको विरोध प्रदर्शनमा दुई प्रहरीसहित केही प्रदर्शनकारी घाइते

आइतबार, ०५ चैत २०७९, १६ : १२
आइतबार, ०५ चैत २०७९

विराटनगर । प्रदेशको नाम ‘कोशी’ राखिएको विरोधमा आइतबार विराटनगरमा भएको प्रदर्शनमा दुई जना प्रहरीसहित केही प्रदर्शनकारी घाइते भएको मोरङ प्रहरी प्रमुख दिपक पोखरेलले जानकारी दिएका छन् । निषेधित क्षेत्र तोडेर प्रदर्शनकारीहरुले नाराबाजी गर्न थालेपछि प्रहरीले बल प्रयोग गरेको हो । प्रदर्शनकारीलाई रोक्न प्रहरीले अश्रुग्याँस र हवाई फायर गरेको थियो । 

त्यसको विरुद्धमा आक्रोशित भएका प्रदर्शनकारीले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको पुत्ला दहन गर्दै चर्को नाराबाजीसमेत गरेका छन् । उनीहरुले प्रहरीमाथिसमेत ढुंगामुढा गरेका छन् । प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय छेउ रोड शेषमा पुगेका प्रदर्शनकारीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।

जिल्ला प्रशासन कार्यालयले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप