दोलखाको प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै विजयी
आइतबार, ०५ चैत २०७९, १७ : ४३

दोलखा। यहाँको प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानल निर्वाचित भएको छ।जिल्लाको कालिन्चोक गाउँपालीका ३ स्थित सिङ्गटीमा अवस्थित प्रताप स्मृति क्याम्पसमा अखिल क्रान्तिकारी नेतृत्वको प्यानलै निर्वाचित भएको हो ।
आइतबार दिउँसो सम्पन्न मतगणनाको नतिजाअनुरूप सभापतिमा रुपेश अर्याल निर्वाचित भएको अखिल क्रान्तिकारीका जिल्ला संयोजक आर्टिस्ट मोक्तानले जानकारी दिए । अर्यालले ६३ मत प्राप्त गर्दा अनेरास्ववियुका बालकृष्ण ओलीले ३२ मत प्राप्त गरे।
अखिल क्रान्तिकारीबाटै कोषाध्यक्षमा लक्ष्मी ओली, सचिवमा गठबन्धको तर्फबाट नेविसंघका उम्मेदवार गुप्तराज मैनाली विजयी हुँदा सदस्यमा गठबन्धनको तर्फबाट हितबहादुर तमाङ, राजन नेपाली र सृष्टि पाण्डे निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा भट्ट चयन
-
टेरामक्स प्रकरण : ज्ञानेन्द्रबहादुर कार्कीसहित तीन जनाविरूद्ध चलाइएन मुद्दा
-
प्रदेशको बेरुजू एक वर्षमै थपियो ७६ करोड ५४ लाख
-
कोशीका दुई मन्त्रालयको ‘बेरुजु फर्छ्यौट अभियान’
-
‘सगरमाथा संवाद’ को तयारी पूरा, शुक्रबार उद्घाटन हुने
-
श्रीमानको मृत्युपछि अदालतले दिनु भनेको सम्पत्ति पनि दिएनन्