स्ववियु निर्वाचन
त्रिविको स्ववियु सभापतिमा नेविसंघका श्यामराज ओझा विजयी
आइतबार, ०५ चैत २०७९, २३ : १०
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ)का उम्मेदवार श्यामराज ओझा विजयी भएका छन् । निकटतम प्रतिद्वन्द्वी एमाले निकट अनेरास्ववियुका उम्मेदवार प्रकाश विष्टलाई पराजित गरी ओझा सभापतिमा विजयी भएका हुन् ।
उनले ८९४ मत ल्याएर निर्वाचित हुँदा अनेरास्ववियुका प्रकाश विष्टले ६८१ मत पाएका छन् । सचिवमा अनेरास्ववियुका सिद्धान्त भट्ट निर्वाचित भएका छन् । उनले नेविसंघका राजेश श्रेष्ठलाई पराजित गरे । कोषाध्यषमा भने नेविसंघकै पदमा भुसाल विजयी भएकी छन् ।
१३ वटा भोटिङ मेसिन प्रयोग गरी मतदान गरिएको थियो। केन्द्रीय क्याम्पसमा ३४०४ जना मतदाता छन्। तर जम्मा २ हजार ७५ जनाले मतदान गरेका थिए।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीर अस्पतालमा २४ घण्टा ड्युटीलगत्तै आवासीय चिकित्सकले छुट्टी पाउने
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण