शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय
स्ववियु चुनाव

पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका अर्याल निर्वाचित

आइतबार, ०५ चैत २०७९, १९ : २३
आइतबार, ०५ चैत २०७९

काठमाडौँ । पुल्चोक इन्जिनियरिङ कलेजमा अनेरास्ववियुका विराज अर्याल निर्वाचित भएका छन् । यस्तै सचिवमा अखिल क्रान्तिकारीका विज्ञान प्रधान निर्वाचित भएका छन् । 

निर्वाचन समितिले आधिकारिक निर्णय भने सार्वजनिक गरेको छैन । पुल्चोकमा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो । जसले गर्दा मत परिणाम चाडै सार्वजनिक भएको हो । 

पुल्चोकमा अनेरास्ववियु, नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट छुट्टाछुट्टै प्यानल भएर चुनाव लडेका थिए । त्यस्तै २ जना बागी समेत उठेका थिए । 

अर्याल ६३५ मतसहित सभापतिमा विजयी भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप