फागुन महिनामा ७ अर्ब लगानी प्रस्ताव
काठमाडौँ । फागुन महिनामा ७ अर्ब ३० करोड रुपैयाँ लगानीको प्रस्ताव आएको उद्योग विभागले जानकारी दिएको छ । विभागले फागुन महिनासम्मको तथ्याङ्क सार्वजनिक गर्दै १९ वटा उद्योगमा ७ अर्ब भन्दा धेरैको लगानी प्रस्ताव आएको जानकारी दिएको हो ।
यो महिनामा स्वदेशी तथा विदेशी समेत गरी कूल १९ वटा उद्योग तथा कम्पनीमा लगानी प्रस्ताव आएको छ । यी उद्योग तथा कम्पनीहरू नेपालमा स्थापना तथा सञ्चालन भएमा कूल १ हजार ७११ जनाले रोजगारी पाउनेछन् ।
यस्तै, चालू आर्थिक वर्ष २०७९÷८० को साउनदेखि फागुन महिनासम्म कूल १८३ वटा उद्योग तथा कम्पनीमा लगानीको प्रस्ताव आएको छ । यी उद्योग तथा कम्पनीमा कूल १ खर्ब ५५ अर्ब रुपैयाँ लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।
यो प्रस्तावअनुसार नेपालमा उद्योग स्थापना भएमा १२ हजार ७४८ जनाले रोजगारी पाउनेछन् । यस्तै, चालू आर्थिक वर्षको साउन–फागुन महिनाको अवधिमा कूल ४३ वटा प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) सम्पन्न भएको छ भने फागुन महिनामा ६ वटा आईईई भएको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण