अहिलेको प्रणाली उल्टिने सम्भावना छैन : देवेन्द्र पौडेल
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अहिलेको लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भएको प्रणाली कुनै हालतमा नउल्टिने बताएका छन् । साेमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले नेपाली जनताले ७० वर्षसम्म लडेर ल्याएको प्रणाली कसैले उल्टाउन नसक्ने ठोकुवा गरे ।
‘हामीले ७० वर्षसम्म लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जसमा समानुपातिक, समावेशी पहुँचको सुनिश्चितता छ । वर्गीय क्षेत्रीय, जातीय उत्पीडनको अन्त्य हुनेगरी नेपाली विशेषता सहितको राज्यको कल्पना गरेर बनाएका हौं’ पौडेलले भने, ‘देशको प्रणाली रक्षा गर्न राष्ट्रिय सहमति गर्न आवश्यक छ । यो प्रणालीमा रहेर सबै गतिविधि गरी राखेका छौं । बगी सकेको खोला फर्किँदैन । यो प्रणाली उल्टिने कुनै सम्भावना छैन ।’
संविधानमा भएको समाजवाद उन्मुख प्रणाली ल्याउन सबै लाग्नु पर्ने पौडेलले बताए । उनले समाजवादी अर्थ राजनीतिक व्यवस्था भएमा सबै समस्या हल हुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
-
बर्ड फ्लुका बारेमा भ्रम र तथ्य
-
चेक बाउन्स कानुन : वास्तविक कारोबारको खोजी कहिले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण