शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

अहिलेको प्रणाली उल्टिने सम्भावना छैन : देवेन्द्र पौडेल

सोमबार, ०६ चैत २०७९, १५ : ०२
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले अहिलेको लोकतान्त्रिक गणतन्त्रको व्यवस्था भएको प्रणाली कुनै हालतमा नउल्टिने बताएका छन् । साेमबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै पौडेलले नेपाली जनताले ७० वर्षसम्म लडेर ल्याएको प्रणाली कसैले उल्टाउन नसक्ने ठोकुवा गरे ।

‘हामीले ७० वर्षसम्म लडेर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र जसमा समानुपातिक, समावेशी पहुँचको सुनिश्चितता छ । वर्गीय क्षेत्रीय, जातीय उत्पीडनको अन्त्य हुनेगरी नेपाली विशेषता सहितको राज्यको कल्पना गरेर बनाएका हौं’ पौडेलले भने, ‘देशको प्रणाली रक्षा गर्न राष्ट्रिय सहमति गर्न आवश्यक छ । यो प्रणालीमा रहेर सबै गतिविधि गरी राखेका छौं । बगी सकेको खोला फर्किँदैन । यो प्रणाली उल्टिने कुनै सम्भावना छैन ।’ 

संविधानमा भएको समाजवाद उन्मुख प्रणाली ल्याउन सबै लाग्नु पर्ने पौडेलले बताए । उनले समाजवादी अर्थ राजनीतिक व्यवस्था भएमा सबै समस्या हल हुने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप