प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने
सोमबार, ०६ चैत २०७९, १८ : ०३
काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने भएको छ । सोमबारको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएसँगै सभामुख देवराज घिमिरेले चैत १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।
जसअनुसार बैठक चैत १२ गते अपराह्न १ बजे बस्ने छ । आज झण्डै साढे ४ घण्टा चलेको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । यस्तै नेकपा एमाले विधिवत् रूपमा प्रमुख प्रतिपक्षी दलको रूपमा दर्ज भएको छ।
संसदमा विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलपछि सभामुख देवराज घिमिरेले मतविभाजन गराउँदा प्रचण्डले १७२ सांसदको मतसहित विश्वासको मत प्राप्त गरे ।
यस्तै विपक्षमा ८९ सांसदको मत पर्दा एक सांसद तटस्थ रहे । मतदानमा दुई सय ६२ सांसद उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सम्पत्ति शुद्धीकरण विधेयकमाथि राष्ट्रिय सभामा एमालेको विरोध, अर्थमन्त्री वाग्लेलाई झाँक्रीको चुनौती
-
संसद छलेर अध्यादेश ल्याएको भन्दै राष्ट्रिय सभामा सांसदहरूको विरोध, विधेयक समितिमा पठाउन माग
-
महान्यायाधिवक्ता कार्यालयको निर्देशन : जेनजी आन्दोलनका मुद्दाको पेशी स्थगित गर्नू
-
नेपाल ग्रे लिस्टबाट ब्ल्याक लिस्टमा झर्ने उच्च जोखिममा : अर्थमन्त्री
-
अनलाइन उत्पीडनपछि सुरक्षाका लागि देश छाडेर अस्ट्रेलिया पुगेको अभिनेत्री उषाको जिकिर
-
फूलमाया–९
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण