शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने

सोमबार, ०६ चैत २०७९, १८ : ०३
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । प्रतिनिधिसभाको अर्को बैठक चैत १२ गते बस्ने भएको छ । सोमबारको बैठकबाट प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएसँगै सभामुख देवराज घिमिरेले चैत १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् । 

जसअनुसार बैठक चैत १२ गते अपराह्न १ बजे बस्ने छ । आज झण्डै साढे ४ घण्टा चलेको प्रतिनिधिसभा बैठकबाट प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत पाएका छन् । यस्तै नेकपा एमाले विधिवत् रूपमा प्रमुख प्रतिपक्षी दलको रूपमा दर्ज भएको छ।  

संसदमा विश्वासको मतसम्बन्धी प्रस्तावबारे छलफलपछि सभामुख देवराज घिमिरेले मतविभाजन गराउँदा प्रचण्डले १७२ सांसदको मतसहित विश्वासको मत प्राप्त गरे । 

यस्तै विपक्षमा ८९ सांसदको मत पर्दा एक सांसद तटस्थ रहे । मतदानमा दुई सय ६२ सांसद उपस्थित भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप