शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

निफमा प्रदीप उत्कृष्ट अभिनेता, अभिनेत्रीमा दीया

सोमबार, ०६ चैत २०७९, २१ : २१
सोमबार, ०६ चैत २०७९

काठमाडौँ । अभिनेता प्रदीप खड्का उत्कृष्ट अभिनेता घोषित भएका छन् । नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उनले उत्कृष्ट अभिनेता घोषित हुँदै अवार्ड समेत हात पारेका हुन् । करिब ८ वर्षको अभिनय करियरमा प्रदीपले पहिलो पटक उत्कृष्ट अभिनेताको अवार्ड प्राप्त गरेका छन् । 

अवार्ड पाउँदा आफैलाई अचम्म र खुसी लागेको उनले बताए । ‘अहिलेसम्म उत्कृष्ट अभिनेताको अवार्ड पाएको थिइनँ । ‘स्टार’ भनेर केही अवार्ड पाएको थिएँ’, उनले भने, ‘मैले ‘प्रकाश’ गर्नुको कारण कलाकारको रूपमा प्रशंसा होस् भन्ने नै थियो । त्यो पाएको थिए । अवार्डले थप खुसी दियो ।’

कार्यक्रममा उत्कृष्ट अभिनेत्री भने दीया मास्के घोषित भइन् । दीयाले पनि फिल्म ‘प्रकाश’ बाट अवार्ड पाएकी हुन् । फिल्ममा  प्रदीप र दीयाको आमा–छोराको भूमिका रहेको थिए ।

गत २ चैतबाट सुरु भएर सोमबार सकिएको निफको छैटौं संस्करणमा ‘ऐना झ्यालको पुतली’ उत्कृष्ट फिचर फिल्म, सुजित विडारी उत्कृष्ट निर्देशक, पटकथा लेखक, जुरी अवार्ड दिनेश खत्रीले प्राप्त गरे । 

सोमबार आयोजित समापन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्यायन मन्त्री सुदन किराँती मुख्य अतिथिको रूपमा सहभागी थिए, भने अभिनेत्री गौरी मल्ल, प्रियंका कार्की, नम्रता श्रेष्ठ, प्रकाश सायमी लगायत थुप्रै चलचित्रकर्मीको सहभागिता थियो ।

कार्यक्रममा आयोजक केपी पाठकले निफ सफलताको कथा सुनाउँदै आउँदो वर्षपनि  अझ सशक्त रूपमा आयोजना गर्ने बताए । 

३५ देशका ९५ चलचित्र प्रदशर््न भएको निफमा विभिन्न विधामा १३ अवार्ड प्रदान गरिएको थियो । ५ दिनसम्म चलेको निफमा ९ वटा सेसन र तीनवटा मास्टर क्लास आयोजना भएको थियो । प्रो.डा. इतामी ब्रोजन (क्रोसिया), प्रेमेन्द्र मजुमदार (भारत) र लि. रान (चाइना)ले मास्टर्श क्लास चलाएका थिए ।

विजयी सूची :

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म – अ हाउस विथ नो नेम : पातालघर (बंगलादेश)

सर्वश्रेष्ठ छायांकन – राजेश श्रेष्ठ (प्रकाश)

सर्वश्रेष्ठ पटकथा – सुजित बिडारी (ऐना झ्यालको पुतली)

सर्वश्रेष्ठ अभिनेता – प्रदीप खड्का (प्रकाश)

सर्वश्रेष्ठ अभिनेत्री – दीया मास्के (प्रकाश)

सर्वश्रेष्ठ निर्देशक – सुजित बिडारी (ऐना झ्यालको पुतली)

सर्वश्रेष्ठ निर्देशक छोटो फिल्म – प्रद्यूम्न मिश्र (दुविधा)

सर्वश्रेष्ठ छोटो नेपाली फिल्म – जुन्को (मिन्सो लिम्बु)

सर्वश्रेष्ठ छोटो अन्तर्राष्ट्रिय फिल्म – द बुक (इरान)

सर्वश्रेष्ठ छोटो एनिमेटेड फिल्म – द लिजेण्ड अफ गोल्डहन (स्लोभेनिया)

सर्वश्रेष्ठ राष्ट्रिय वृत्तचित्र – द टाइगर्स ज (निर्देशक –कमल कुमार)

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय डकुमेन्ट्री – सोल्स अफ द फरेस्ट (इन्डोनेसिया)

सर्वश्रेष्ठ नेपाली फिचर फिल्म – ऐना झ्यालको पुतली

सर्वश्रेष्ठ अन्तर्राष्ट्रिय फिचर फिल्म –मेमोरिज अफ ग्लुमी मनसुन्स (बंगलादेश)

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप