मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेट : निकट सम्बन्धको प्रशंसा

सोमबार, ०६ चैत २०७९, २२ : ००
सोमबार, ०६ चैत २०७९

मस्को ।  चिनियाँ राष्ट्रपति सी चिननफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा मस्को पुगेका राष्ट्रपति सी र  रुसी समकक्षी पुटिनबीच भेटवार्ता भएको हो । भेटमा चिनियाँ राष्ट्रपति सीले रुससँग आफ्नो देशको ‘नजिकको सम्बन्ध’ रहेको बताएका छन् ।

उनले भने, ‘हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर  भन्ने माग गर्छ ।’  रुसी सरकारी टेलिभिजनले यसबारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप