चिनियाँ राष्ट्रपति सी र रुसी राष्ट्रपति पुटिनबीच भेट : निकट सम्बन्धको प्रशंसा
सोमबार, ०६ चैत २०७९, २२ : ००
मस्को । चिनियाँ राष्ट्रपति सी चिननफिङ र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । सोमबार तीन दिने राजकीय भ्रमणका क्रममा मस्को पुगेका राष्ट्रपति सी र रुसी समकक्षी पुटिनबीच भेटवार्ता भएको हो । भेटमा चिनियाँ राष्ट्रपति सीले रुससँग आफ्नो देशको ‘नजिकको सम्बन्ध’ रहेको बताएका छन् ।
उनले भने, ‘हामी बृहत् रणनीतिक सहयोगका साझेदार हौं। यो स्थितिले हाम्रा देशहरूबीच घनिष्ठ सम्बन्ध हुनुपर्छ भनेर भन्ने माग गर्छ ।’ रुसी सरकारी टेलिभिजनले यसबारे समाचार सम्प्रेषण गरेको छ । यस बारे विस्तृत समाचार भने सार्वजनिक हुन बाँकी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण