वर्षासँगै दोलखाको हिमाली क्षेत्रमा हिमपात
दोलखा । वर्षा सँगै दोलखाको उच्च हिमाली क्षेत्रमा हिमपात भएको छ। सोमबार दिउसो मध्यान्ह देखि वर्षा भएको थियो। वर्षा भएको केही घण्टा पछि कालिन्चोक, शैलुङ,चोर्दङ लगाएतका पर्यटकीय हिमश्रृङ्खला हरुमा हिमपात सुरु भएको हो ।
सदरमुकाम आसपासका तल्लो क्षेत्रमा हिजो बेलुका देखि पानी परिरहेको छ। काठमाण्डौबाट १ सय ३३ किलोमिटर यात्रापछि चरिकोट र चरिकोटबाट १७ किलोमिटर यात्रापछि पुग्न सकिने कालिन्चोकमा भारि हिमपात भइरहेको कुरी बजारका होटल व्यवसायी रोहित तामाङले बताए ।
गत फागुन १४ गते यो वर्षको पहिलो हिमपात भएको थियो । कालिन्चोक मा चैतको पहिलो हप्ता ३ गते दोर्सो पटक र अहिले तेस्रो पटक हिमपात भएको व्यवसायी तमाङ को भनाई छ । समयमै हिमपात हुन नसकेको भएपनि धार्मिक तथा पर्यटकीय स्थल कालिन्चोक मा हिमपात मा रमाउने संङ्ख्या वृद्धि हुने बताए। शनिबार भारि हिमपात भएसँगै कालिन्चोक कुरी बजारमा हिउमा रमाउने को सङ्ख्या बढेको थियो ।
अहिले सदरमुकाम आसपासका क्षेत्रमा पानी परेपछि आलुसहितका अन्नबाली सप्रिने विश्वासमा किसान हर्षित भएका छन्। लामो समयदेखि दोलखामा पानी पर्न सकेको थिएन जसको कारण आलु किसानलाई धाराको पानी लगाउन बाध्य थिए। तर आकाशे पानीको पर्खाइमा बसेका आलु किसान निकै हर्षित भएका हुन् । गर्मी महिना लागे पनि सदरमुकाम चरिकोटमा चिसोले जनजीवन प्रभावित बनेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केपी ओलीलाई आफ्नोभन्दा बढी कांग्रेसको चिन्ता !
-
अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण