धनगढीमा चट्याङ पर्दा पक्की घरमा क्षति
मङ्गलबार, ०७ चैत २०७९, १६ : ०८
धनगढी । अविरल चैते झरीसँगै परेको चट्याङले धनगढीको एक घरमा क्षति पुगेको छ ।
धनगढी उपमहानगरपालिका ५ तारानगरका कुन्नुनारायण चौधरीको २ तले पक्की घरमाथि चट्याङ परेको हो ।
चौधरीको घरको दोस्रो तलाको छतको छज्जामा ४ फिट लम्बाई र २ दशमलव ५ फिट चौडाइको प्वाल परेको छ । चौधरीका अनुसार घरमा जडान भएको ईन्भर्टर मिटर बक्स, २ वटा मेन स्वीच र २ वटा सवमिटर पूर्ण रूपमा जलेर क्षति भएको छ ।
साथै गाडी पार्किङ गर्न बनाएको ग्यारेज टिन, पार्किङ गरी राखेको बा०१–०२६च ५१०८ नं को कार र से६प ७४६६ नम्बरको स्कुटीमा समेत क्षति पुगेको चौधरीले जानकारी दिए । तर मानवीय क्षति नभएको बताइएको छ । धनगढीसहित सुदूरपश्चिम सोमबारदेखि वर्षा भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण