राहदानी प्रकरणमा रविलाई सफाइ दिनु राजनीतिक सौदावाजी : राष्ट्रिय जनमोर्चा
काठमाडौँ । राष्ट्रिय जनमोर्चाले राहदानी प्रकरणमा रास्वपपा अध्यक्ष रवि लामिछानेलाई सफाइ दिएकोमा बिरोध र भर्त्सना गरेको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले बुधबार विज्ञप्ति जारी गर्दै राहदानी प्रकरणमा लामिछानेका विरुद्ध मुद्दा चलाउने आधार नभएको भनि निजलाई सफाइ दिएकोमा भर्त्सना गरेका हुन् । ‘रवि लामिछानेले अमेरिकाको नागरिक हुँदा हुँदै त्यागिसकेको नेपाली नागरिकता प्रयोग गरी राहदानी लिएको कुरा कसैबाट लुकेको छैन’, केसीले भनेका छन्, ‘नेपालको प्रचलित कानुनले विवरण ढाँटी राहदानी लिने कार्यलाई गैर कानुनी र दण्डनीय मान्दछ ।’
उनले रवि लामिछानेले विवरण ढाँटी नेपालको राहदानी लिएको भन्दै उनीमाथि कानुनतः मुद्दा चल्नुपर्ने बताएका छन् । ‘तर रवि लामिछानेलाई सफाइ दिने कार्य भयो । सफाइका दिनुका पछाडि कुनै कानुनी आधारमा नभएर राजनीतिक सौदाबाजीका आधारमा नै गरिएको हो । रवि लामिछानेको पार्टीबाट विश्वासको मत प्राप्त गर्न नै प्रधानमन्त्रीले महान्यायाधिवक्तालाई दबाब दिएर उनलाई सफाइ दिने निर्णय गरेका हुन्, जुन सरासर गलत छ’, जनमोर्चाले भनेको छ ।
राहदानी प्रकरणमा लामिछानेलाई सफाइ दिने सरकारको कार्यको घोर विरोध तथा भर्त्सना गर्दै लामिछानेको पार्टी अमेरिकी साम्राज्यवादको स्वार्थपूर्तिका लागि बनेको दावी जनमोर्चाको छ । ‘त्यसकारण त्यो संगठनको गतिविधिका कारणले देशको सार्वभौमिकता र राष्ट्रियतामा गम्भीर आँच पुग्ने कुरा थाहा हुँदा हुँदै पनि सरकारले विश्वासको मत लिनका लागि उनीप्रति अपनाएको नीति भर्त्सनायोग्य छ’, जनमोर्चाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण