उपनिर्वाचनका लागि जसपाले पार्टी दर्ता गराउने
बुधबार, ०८ चैत्र २०७९, १७ : ३७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपनिर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दर्ताका लागि आह्वान गरेको छ ।
बैठकले उम्मेदवारको बारेमा केही निर्णय गरेन । जिल्ला तथा प्रदेशबाट उम्मेदवारको नाम सिफारिस भएर आएमा सोही आधारमा पछि निर्णय गर्ने उनले बताए ।
साथै, चैत २६ देखि २८ गतेसम्म हुने विधान अधिवेशनका लागि प्रतिनिधि चयनको प्रकृया र मापदण्ड तयार गर्नका तीन सदस्यीय कार्यदल बनाएको छ ।
कार्यदलमा कार्यकारिणी सदस्यहरू विजय यादव, मनिष सुमन र रकम चेम्जोङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मणिपुर हिंसामा कम्तीमा ९८ जनाको मृत्यु
-
आईएमएफले भन्यो–श्रीलङ्काको अर्थतन्त्रमा सुधारको सङ्केत देखियो
-
नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तको बयान सकियो, आइतबारदेखि थुनछेक बहस
-
रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक
-
असहाय तथा विपन्न नागरिकलाई १० प्रतिशत निःशुल्क शय्या उपलब्ध गराउन मन्त्रालयको निर्देशन
-
प्रोभिडेन्ट मर्चेन्ट बैंकिङको चुक्तापुँजी पुग्यो ८ करोड