उपनिर्वाचनका लागि जसपाले पार्टी दर्ता गराउने
बुधबार, ०८ चैत २०७९, १७ : ३७
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले उपनिर्वाचनका लागि दल दर्ता गराउने निर्णय गरेको छ ।
बालकुमारीस्थित पार्टी कार्यालयमा बसेको कार्यकारिणी समितिको बैठकले सो निर्णय गरेको पार्टीका प्रवक्ता मनिष सुमनले बताए । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले दर्ताका लागि आह्वान गरेको छ ।
बैठकले उम्मेदवारको बारेमा केही निर्णय गरेन । जिल्ला तथा प्रदेशबाट उम्मेदवारको नाम सिफारिस भएर आएमा सोही आधारमा पछि निर्णय गर्ने उनले बताए ।
साथै, चैत २६ देखि २८ गतेसम्म हुने विधान अधिवेशनका लागि प्रतिनिधि चयनको प्रकृया र मापदण्ड तयार गर्नका तीन सदस्यीय कार्यदल बनाएको छ ।
कार्यदलमा कार्यकारिणी सदस्यहरू विजय यादव, मनिष सुमन र रकम चेम्जोङ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण