शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल र लाओसबीचको खेल सुरु

बुधबार, ०८ चैत २०७९, १८ : ०९
बुधबार, ०८ चैत २०७९

काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिता अन्तर्गत नेपाल र लाओस्बीचको खेल सुरु भएको छ । दशरथ रंगशालामा नेपाल र लावसबीचको खेल बुधबार साँझ ६ बजेदेखि सुरु भएको हो ।

लाओसविरुद्धको खेलमा नेपालका दुई खेलाडीले डेब्यु गरेका छन् । टीममा नवीन लामा र सनिष श्रेष्ठले डेब्यू गरेका हुन् ।

खेलका लागि प्लेइङ ११ मा लामा र श्रेष्ठबाहेक किरणकुमार लिम्बू, (गोलकिपर), विकास खवास, अनन्त तामाङ, नवीन लामा, एरिक विष्ट, पुजन उपरकोटी, भरत खवास, नवयुग श्रेष्ठ, आयुष घलान, सनिस श्रेष्ठ, रोहित चन्द रहेका छन् ।

फिफा वरियतामा नेपाल १७५ र लाओस १८७ स्थानमा छन्। नेपालले भुटानसँग पनि खेल्नेछ । भुटान फिफा वरीयतामा १८५ औं स्थानमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप