यमनको भिडन्तमा १० सैनिकको मृत्यु
दुबई । अरब विश्वको सबैभन्दा गरिब देश यमनमा लामो समयदेखि जारी युद्ध रोक्न कूटनीतिक प्रयासका बाबजुद पुनः जारी द्वन्द्वमा कम्तीमा १० सैनिकको मृत्यु भएको सैनिक स्रोतले एएफपीलाई जानकारी दिएको छ ।
तेलका लागि धनी मारिब प्रान्त मुख्य युद्ध भूमिमध्ये एक हो । विगत एक वर्षदेखि युद्धविरामका कारण छिटपुट भिडन्तबाहेक शान्ति कायम छ ।
इरान समर्थित हुथी विद्रोहीले पहाडी क्षेत्रमा आक्रमण गरेको र त्यस क्षेत्रमा सेना परिचालन गरिरहेको दुई सैन्य स्रोतले एएफपीलाई जानकारी दिएका छन् ।
“हुथी विद्रोहीले मारिबको दक्षिणमा पर्ने हरिब जिल्लामा आक्रमण गरेका र त्यस विद्रोहीले सफलता पाएको र यसका कारण दर्जनौं परिवार विस्थापित भएका छन्,” नाम नबताउने शर्तमा एक सैनिकले बताए ।
“झडपमा कम्तीमा १० जना सैनिकको मृत्यु भएको र कैयौँ आक्रमणकारीको मृत्यु भएको छ,” स्रोतले भनेको छ । झडपको विस्तृत विवरण अर्का एक सैनिक अधिकारीले पुष्टि गरेका छन् ।
सोही जिल्लामा कम्तीमा चार जना सैनिक मारिएको एक महिनापछि भएको यो लडाइँले साउदी अरब र इरानले कूटनीतिक सम्बन्ध पुनःस्थापित गर्न सहमति जनाएपछि नयाँ आशामा ठेस पुगेको छ । (रासस/एएफपी)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?
-
पाकिस्तानमा अनिश्चितकालीन हड्तालमा उत्रिए पेट्रोल पम्प सञ्चालक
-
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासङ्घका प्रतिनिधिसँग छलफल गर्दै
-
इरानी आणविक केन्द्रलाई निशाना बनाउने ट्रम्पको चेतावनी
-
नेतान्याहुलाई पक्राउ गर्ने अधिकार न्युयोर्कलाई छैन, सङ्घीय सरकारले आवश्यक कदम चालोस् : ममदानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण