जापानमा लगातार दोस्रो वर्ष जग्गाको मूल्य वृद्धि
टोकियो । जापानको भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयको तथ्याङ्कअनुसार सन् २०२२ मा जापानमा जग्गाको मूल्य १.६ प्रतिशतले वृद्धि भएको छ ।
सन् २०२३ को जनवरी १ सम्ममा देशभरका करिब २६ हजार स्थानमा गरिएको सर्वेक्षणमा औसत मूल्याङ्कन अघिल्लो वर्षको तुलनामा १.६ प्रतिशतले बढी रहेको जनाइएको छ ।
यो १५ वर्षयताकै सबैभन्दा ठूलो वृद्धि भएको र कोभिड–१९ को प्रतिबन्ध हटेपछि कार्यालय, आवास र होटलको माग बढेको मन्त्रालयले जनाएको छ ।
सन् २००८ मा १.७ प्रतिशतले मूल्य वृद्धि भएयता सबैभन्दा बढी मूल्य वृद्धि भएपनि यो वृद्धि प्रमुख सहरभन्दा बाहिर देशभर फैलिएको मन्त्रालयले जनाएको छ ।
टोकियो, ओसाका र नागोयाको सबैभन्दा ठूलो सङ्ख्या २.१ प्रतिशतले बढेको छ भने चार क्षेत्रीय सहर साप्पोरो, सेन्दाई, हिरोशिमा र फुकुओकाको मूल्यमा ८.५ प्रतिशतले वृद्धि भएको छ ।
कोभिड–१९ महामारीको प्रभावका कारण जग्गाको मूल्य वृद्धि हुँदै आएको भए पनि अहिले मध्यम आर्थिक पुनः उत्थानका कारण मूल्य वृद्धि भइरहेको मन्त्रालयले जनाएको छ । (रासस/सिन्ह्वा)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्ल्याकस्टोन, केकेआर र ब्रुकफिल्डसँग कुवेतको १६ अर्ब डलरको पाइपलाइनको सम्झौता
-
कर्णालीमा नयाँ मुख्यमन्त्री नियुक्तिका लागि प्रक्रिया अघि बढ्यो, प्रदेश प्रमुखद्वारा आह्वान
-
सांसद पौडेलमाथि मसी प्रहारपछि गगन थापा : ‘असहमतिको उत्तर हिंसा होइन, लोकतान्त्रिक संवाद हो’
-
१० बजे १० समाचार : एमाले र नेकपाबिच ३ बुँदे सहमति, कर्णालीका मुख्यमन्त्रीले दिए राजीनामा
-
प्रश्नपत्र लिक भएपछि त्रिविमा हलचल : साइबर ब्युरोलाई पत्राचार, आइतबार बैठक आह्वान
-
विद्यार्थी कुटपिट गरी घाइते बनाएको आरोपमा शिक्षक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण