अमृत साइन्स क्याम्पसमा निर्वाचन गराउन उच्च अदालतको आदेश
काठमाडौं । उच्च अदालत पाटनले अमृत साइन्स क्याम्पसमा यथाशिघ्र स्ववियु निर्वाचन गराउन अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधिश महेन्द्रनाथ उपाध्यायको एकल इजलासले क्याम्पस प्रमुख लोक बहादुर बराललाई यथासिघ्र निर्वाचन गराउन आदेश दिएको हो ।
चैत ५ गते स्ववियु निर्वाचन हुन नसकेपछि कमलराज जोशीले उच्चमा निवेदन दिएका थिए । उनले तत्काल स्ववियु निर्वाचन गराउन आदेश दिन माग गरेका थिए । सोही आधारमा उच्च अदालतले निवेदकको निवेदन माग बमोजिम आदेश किन जारी हुन नपर्ने हो ? जारी हुन नपर्ने आधार, कारण र प्रमाण भए प्रमाणसहित १५ दिनभित्रमा अदालतमा लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
विद्यार्थीहरुको प्रतिनिधिमूलक संस्था भएको अवस्थामा सो युनियनको निर्वाचन कार्य अनिश्चित समयसम्म स्थगित गर्नु उपयुक्त नहुने भएकाले सबै पक्षसँग समन्वय गरी यथाशिघ्र निर्वाचनको मिति तोकेर निर्वाचन सम्पन्न गराउन भनेको हो ।
अमृतमा अखिल क्रान्तिकारीको तालाबन्दीका कारण चैत ५ गते निर्वाचन हुन सकेको थिएन् । अनेरास्ववियुले भने तत्काल निर्वाचनको प्रक्रिया अगाडि बढाउन माग गर्दै आएको छ । अनेरास्ववियुले क्याम्पसमा विरोध प्रदर्शन समेत गर्दै आएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको ग्रीन रन प्रतियोगिता शुभारम्भ
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण