अझै ४.५ प्रतिशत नेपालीको घरमा छैन शौचालय
शुक्रबार, १० चैत २०७९, १४ : १६
काठमाडौँ । नेपालका ४.५ प्रतिशत जनसंख्या अझै शौचालयको पहुँच बाहिर रहेको तथ्यांक सार्वजनिक भएको छ । खुला दिशामुक्त घोषणा भएको ४ वर्षपछि पनि सतप्रतिशत नेपालीको घरमा शौचालय बन्न नसकेको हो । २०७६ साल असोज १३ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई तामझामका साथ खुला दिशामुक्त देश घोषणा गरेका थिए । तर, २०७८ सालको जनगणनाअनुसार जम्मा ९५.५ प्रतिशत जनसंख्यामा शौचालय बनेको हो ।
जनगणनाअनुसार नेपालमा कूल ६६ लाख ६० हजार ८४१ वटा परिवार छन् । यसमध्ये ४.५ प्रतिशत परिवारमा अझै कुनै पनि प्रकारको शौचालय नबनेको हो । राष्ट्रिय तथ्यांक कार्यालयले आज जनगणनाको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण