सेतो पुतलीबाट आँखामा लाग्ने दृष्टिनाशक रोगबाट कसरी जोगिने ?
काठमाडौं । सापु एक दृष्टिनाशक रोग हो । प्रायः वर्षा यामपछि विशेष गरी नेपालको मध्य पहाडी भेगमा भेगमा सापु महामारीको रुपमा देखिने गरेको छ । यो रोगको लक्षण देखापरेको २४ देखि ४८ घण्टासम्म उपचार हुन नपाए आँखाको दृष्टि गुम्न सक्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सापु रोग के कारणले लाग्छ ?
हालसम्म सेतो पुतली (नोथ) लाई सापुको कारक मानिएको छ । यद्यपि कतिपय अवस्थामा भने सेतो पुतलीको संसर्गमा नआएका बिरामीहरूलाई पनि यो रोग देखा परेको छ । अन्य जीवाणु र विषाणुले समेत यो रोग लागेको पाइएको छ ।
सापु रोगका लक्षण
–एक्कासी एउटा आँखा रातो हुनु
–चिप्रा नलाग्नु
–उज्यालोमा हेर्न नसक्नु
–आँखाको दृष्टिमा तत्कालै कमी हुनु
–आँखा दुख्नु
–उपचार ढिलो भएमा कालो नानीमा सेतो देखिनु
सापुको रोकथाम कसरी गर्ने ?
–सेतो पुतलीको संसर्गबाट टाढै रहने
–धेरै उज्यालो सेतो बत्ती नबाल्ने
–साँझ र राति झ्यालढोका बन्द गर्ने
–सम्भव भएसम्म झ्याल ढोकामा जाली हाल्ने
–सुत्ने कोठामा बत्ती निभाएर वा मधुरो बत्ती बालेर, झुल लगाएरमात्र सुत्ने
चिकित्सकहरुका अनुसार समयमै उपचार भएमा यो रोग निको हुन्छ तर ढिला हुन गएमा बिरामीको दृष्टि गुम्न सक्छ वा आँखा सुकेर जान सक्छ । यो रोग लागेको शंका हुनासाथ तुरुन्तै अस्पताल जान स्वास्थ्यकर्मीको सुझाव छ । यद्यपि आफूखुसी औषधि वा जडीबुटीको प्रयोग गर्न नहुने उनीहरुको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीमा प्रदर्शनकारीमाथि भएको प्रहरी दमनको काठमाडौँबाट निन्दा
-
‘सिकाइका नाममा श्रम शोषण बन्द गर’
-
राष्ट्रिय किताबखानाको कार्यक्षेत्र विस्तार : प्रहरी र शिक्षक किताबखाना शाखाका रूपमा गाभिए
-
बिहारमा विद्यार्थी आन्दोलन हिंसात्मक : प्रहरीद्वारा १० राउन्ड हवाई फायर, एसपी घाइते
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कमा आक्रमण : दर्जनौँ प्यालेस्टिनी पक्राउ
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि जन्तर-मन्तरमा खुसीयाली (भिडियाे)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण