एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिने
मकवानपुर । नेकपा एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टी (हानेपा)ले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिने भएका छन् ।
शुक्रबार बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै एकीकृत समाजवादीका सांसद राजेन्द्रमान श्रेष्ठले र हानेपाका संसदीय दलका नेता शैलन्द्रमान बज्रचार्यले मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बताए ।
वर्तमान सरकारको निरन्तरताले प्रदेशको विकासमा सहजता प्रदान गर्ने हानेपाका बज्रचार्यले बताए । उनले जनताले खोजेको विकास भएकाले राजनीतिक जोड घटाउभन्दा पनि सरकारको निरन्तरतापछि शीघ्र विकासका आयाम ल्याउन सहज हुने भन्दै विश्वासको मत दिने निर्णय गरेको बताए ।
सरकारको जोडघटाउले आम नागरिकहरु खुशी नभएको भन्दै उनले त्यसतर्फ प्रदेशसभा र सरकार दुवै गम्भीर हुनुपर्ने बताए । उनले प्रदेशको राजनीतिलाई फरक ढंगबाट अघि बढाउन आ–आफ्नो शैली परिवर्तन गर्नुपर्नेमा जोडसमेत दिए ।
यता एकीकृत समाजवादीका सांसद श्रेष्ठले देशले मागेको राजनीतिक स्थिरता र विकासमा प्रदेश सरकारले योगदान गर्नुपर्ने बताए । विगतका कमीकमजोरी खोतलेर आरोप प्रत्यारोपमा लाग्नुभन्दा भविष्यलाई हेरेर जनता लक्षित योजनाहरु ल्याउन उनले आग्रह गरे ।
प्रदेश सरकार र संसदले व्यक्तिगत लाभमा भन्दा पनि नागरिकको हितमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्रीको भारत भ्रमण : डिजिटल भुक्तानीदेखि ८४ परियोजना हस्तान्तरणसम्मका सहमति
-
पाथीभरा केवलकार निर्माणको काम अघि बढाउन माग गर्दै ताप्लेजुङमा सद्भाव र्याली
-
'आवश्यक परे बेलायत सरकारसँग दस्ताबेजहरूमा पहुँच स्थापित गर्नेछौँ'
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण