साताको सेयर बजार : नेप्से सूचक १८ अंकले माइनसमा, कारोबार ६ अर्ब पनि पुगेन
काठमाडौं । सेयर बजारका लागि यो साता पनि उत्ति राम्रो भएन । १९ सय ३३.३१ अंकबाट शुरु भएको यो सातामा नेप्से सूचक थप १८.१६ अंकले गुम्दै १९ सय १५.१५ अंकको विन्दुमा झर्न पुगेको हो । अघिल्लो साता यस्तो सूचक ६९.३९ अंकले गुम्दै १९ सय ३३.३१ अंकको विन्दुमा अडिएको थियो ।
यो साता जम्मा चार दिन बजार खुल्यो । चैत ५ गते अर्थात मार्च १९ मा साताको बजार खुलेको पहिलो दिन नै नेप्सेमा ६.९० अंकको गिरावट आयो । दोस्रो दिन, चैत ६ गते २२.६५ अंकले नेप्से बढ्दै १९ सय ४९.०६ अंकमा उक्लिए पनि यो खुशी एकदिन पनि टिकेन । पर्सिपल्ट अर्थात कारोबारको चौथो दिन चैत ८ गते नै पुनः नेप्सेमा १५.७६ अंकको गिरावट आउँदै १९ सय ३३.३० अंकमा झर्न पुग्यो । चैत ७ गते भने घोडेजात्रा परेकाले सार्वजनिक विदा हुँदा बजार खुलेन । अन्तिम दिन बिहीबार नेप्से सूचक पुनः १८.१५ अंकले घट्दै १९ सय १५.५ अंकको विन्दुमा झरेको छ ।
कारोबार ६ अर्ब पनि पुगेन
उसो त यो साता सेयर कारोबार (टर्नओभर) समेत करिब ६ अर्बमा खुम्चिन पुगेको छ । नेप्से सूचक १८ अंकले घटेको बजारमा यस साताकूल ५ अर्ब ९७ करोड २४ लाख ५४ हजार ४०६ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो साता यस्तो कारोबार ६ अर्ब १८ करोड ८२ लाख ६७ हजार ६५१ रुपैयाँ बराबरको भएको थियो ।
अघिल्लो साता तुलनामा यो साता २१ करोड ५८ लाख १३ हजार २४५ रुपैयाँले सेयर कारोबार घटेको छ । यस्तै पुँजी बजारको मार्केट क्यापिटलाइजेशन २७ खर्ब ७२ अर्ब ३ करोड रुपैयाँमा झरेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण