निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नयाँ अधिकृत तोकेर मतदान गर्ने तयारी
काठमाडौँ । नेपाल कमर्स क्याम्पस मीनभवनमा नयाँ मतदान अधिकृत तोकेर मतदान गरिने भएको छ। अहिलेका निर्वाचन अधिकृत सम्पर्कविहीन भएपछि नयाँ तोकेर मतदान सुरु गरिने भएको हो।
यससँगै त्यहाँ साढे १० बजेदेखि मतदान हुने भएको छ। हालका निर्वाचन अधिकृत तुलसीराम रेग्मी सम्पर्कविहीन बनेका छन्। जसले गर्दा आज बिहान ८ बजेदेखि मतदान हुने भनिएकोमा अहिलेसम्म सुरु हुन सकेको छैन।
अब निर्वाचन समितिका सदस्य सचिव लाल बहादुर बस्नेतलाई निर्वाचन अधिकृत तोकेर मतदान सुरु गर्ने तयारी भएको अनेरास्ववियुको तर्फबाट स्ववियु सभापतिका उम्मेदवार प्रविन गिरीले जानकारी दिए ।
हिजो सर्वपक्षीय छलफलबाट आज बिहान ८ बजेदेखि ४ बजेसम्म मतदान गर्ने निर्णय गरिएको थियो। तर, मतदानका लागि विद्यार्थीहरू क्याम्पसमा पुगे पनि निर्वाचन अधिकृत नै सम्पर्कविहीन बनेपछि मतदान सुरु हुन नसकेको हो।
नेविसंघले सर्वपक्षीय स्ववियुको माग गर्दै तालाबन्दी गरेपछि चैत ५ गते निर्वाचन हुन सकेको थिएन।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण