शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

विधान मस्यौदामाथि सुझाव संकलनमा जसपा

आइतबार, १२ चैत २०७९, ०८ : ३७
आइतबार, १२ चैत २०७९

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले पार्टी विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तीब्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ । जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेका हुनाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीब्रता दिएको छ ।  

मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिवार छलफल गरेको छ । लुम्बिनी प्रदेशले चैत्र १३ गते र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् ।

प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, सदस्य र प्रदेशस्तरीय भ्रातृ संगठनका पदाधिकारी सहभागि हुने गरेका छन् । ट्रेड युनियन महासंघले १२ गते, चैत्र १३ गते भातृसंगठन, बौद्धिक पेसाकर्मी महासंघले १४ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नेभएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप