विधान मस्यौदामाथि सुझाव संकलनमा जसपा
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले पार्टी विधानको मस्यौदामाथि सुझाव संकलनको कार्यलाई तीब्रता दिएको छ । जसपाले विधानमाथिको सुझाव पठाउन मातहत समितिलाई चैत्र १५ गतेसम्मको समय सीमा तोकेको छ । जसपाले चैत २६ गतेदेखि विधान अधिवेशन गर्ने निर्णय गरिसकेका हुनाले विधान संशोधनको मस्यौदाबार छलफललाई तीब्रता दिएको छ ।
मधेस प्रदेशको कलैया, बागमती प्रदेशको काठमाण्डौ, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढीमा मस्यौदामाथि जसपा नेपालले शनिवार छलफल गरेको छ । लुम्बिनी प्रदेशले चैत्र १३ गते र कोशी प्रदेशले चैत्र १७ गते विधानमाथि सुझाव संकलनका लागि प्रदेश स्तरीय अन्तरक्रिया कार्यक्रम गर्ने भएका छन् ।
प्रदेशस्तरीय कार्यक्रममा सम्बन्धित प्रदेशका केन्द्रीय सदस्यहरु, संघीय परिषद् सदस्यहरु, प्रदेश समितिका पदाधिकारी, सदस्य र प्रदेशस्तरीय भ्रातृ संगठनका पदाधिकारी सहभागि हुने गरेका छन् । ट्रेड युनियन महासंघले १२ गते, चैत्र १३ गते भातृसंगठन, बौद्धिक पेसाकर्मी महासंघले १४ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्नेभएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जीर्ण बाँधले रौतहटका बस्ती बाढीको जोखिममा
-
साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल
-
रसुवामा उत्पादित बर्खे आलु बजार पुग्न थाल्यो
-
दीपक भट्ट र सुलभ अग्रवाललाई धरौटीमा छाड्न अदालतको आदेश
-
भारतका ऊर्जा सचिवद्वारा अरुण तेस्रो आयोजनाको निरीक्षण
-
१२ बजे १२ समाचार: मिटरब्याज पीडितसँग भोलि निर्णायक छलफल हुने, ४०० स्थानीय तहमा जग्गाको कित्ताकाट रोकिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण