संसदमा एमाले सचेतकले काँग्रेस उपसभापतिलाई माफी मगाए
काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा नियमावली आफूले उलङ्घन गरेको स्वीकार गर्दै माफी मागेका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा एमाले सचेतक महेश बर्ताैलाले नियमापत्ति जनाउँदै प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नभएको उल्लेख गरिएपनि सत्तापक्षका माननीयबाट त्यसको उलङ्घन गर्ने काम भएको भनेर सभामुखको ध्यानाकर्षण गराएका थिए ।
लगत्तै उपसभापति खड्काले त्यसलाई स्वीकार गर्दै माफी मागेका हुन् । एमाले सचेतक बर्तौलाले सत्तारुढ दलकै सांसदले प्रतिनिधिसभा नियमावलीको धज्जी उडाउने काम गर्नु गम्भीर विषय भएको भन्दै उल्लेख गर्दै भने, ‘मैले एउटा नियमापत्तिको विषय उठाउन खोजेको हुँ । भोलिका दिनमा पनि यो विषय काम लाग्छ । यो हाउसमा पटक पटक मर्यादा विपरीत काम भइरहेको छ । हाम्रो प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई त्यो अनुमति हुँदैन । पटक पटक यो संसदको गरिमा र महत्वलाई धज्जी उडाउँदै माननीय सदस्यहरूबाट यस प्रकारको काम भइरहेको छ । सत्ता पक्षका माननीयज्यूहरुबाट यस प्रकारको काम भइरहेको छ । म गम्भीरताका साथ सभामुख महोदय, म यो विषयमा सभामुखको ध्यानाकर्षण होस् । यही विषय राख्न चाहन्छु ।’
त्यस लगत्तै सभामुख देवराज घिमिरेले यस्तो विषयमा ध्यान दिन सचेत गराए । सोही विषयमा सभामुखसँग समय माग गरेर उपसभापति खडकाले भने, ‘अनदेखाको कारणले माननीयज्यूले उल्लेख गर्नु भए अनुसार मैले त्यो नियमावलीको त्यो दफालाई उलङ्घन गरेँ । त्यसका लागि म क्षमा माग्न चाहन्छु ।’
प्रतिनिधिसभा नियमावलीको नियम २० को ६ बमोजिम सभामुख आसन तथा बोलिरहेको सदस्यको बीचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति नहुने उल्लेख गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मे महिनायता पहिलोपटक तेलको मूल्य प्रतिब्यारल १०० डलर पुग्यो
-
वीर अस्पतालमा गुनासो सुन्ने अधिकारी मात्रै ११ जना
-
सीजेपी र भारत सरकारबिच वार्ताको स्थानलाई लिएर विवाद, संस्थापक दीपके बिरामी
-
सिरहा घटना : गोली प्रहार गरेर पक्राउ गरिएका आरोपीहरूबाट २४३ ग्राम खैरो हेरोइन बरामद
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण