बजारमा आयो उल्का पिण्डले बनेको ब्याग, मूल्य कति ?

फ्रान्सको लग्जरी एक्सेसरी ब्रान्ड कोपेर्नीले उल्का पिण्डले बनेको सीमित संस्करणको हाते ब्याग सार्वजनिक गरेको छ । उक्त ब्याग हजारौँ वर्षअघि धर्तीमा खसेका उल्कापिण्डमार्फत् बनाइएको हो । यी ब्याग तपाईँको पनि हुनसक्छ तर यसका लागि तपाईँले भारी रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।
फल/विन्टर २३ फेसन कलेक्सनअन्तर्गत कोपेर्नीले यो अचम्मको हाते ब्याग सार्वजनिक गरेको हो जसले ‘पुरातत्त्व, डिजाइनका साथै शास्त्रीय र आदिम कलालाई जोडने’ कम्पनीले विश्वास गरेको छ । उक्त हाते ब्यागको नाम ‘मिनी मेटेरोइट स्वाइप ब्याग’ हो । उक्त ब्याग कोपेर्नीको अनलाइन स्टोरमा राखिएको छ जसमा यो ५५ हजार वर्ष अघि धर्तीको खसेको उल्का पिण्डबाट बनाइएको बताइएको छ । प्रत्येक ब्याग युनिक हुने भएकोले यसका आकार, रङ भिन्न हुन सक्छन् । अनलाइन स्टोरमा यसको मूल्य ४०,००० हजार युरो अर्थात् ४३,००० डलर मूल्य पर्ने बताइएको छ । नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यसको मूल्य ५६ लाख रुपैयाँ पर्छ ।
कोपेर्नीको ब्याग ९×१२×२३ सेन्टिमिटरको रहेको छ । तर तपाईँलाई यसको तौल कति होला भन्ने जिज्ञासा होला । यसको तौल २ किलोग्राम छ । अरू ब्यागभन्दा धेरै नै गह्रुङ्गो ।
यो ब्याग निकै युनिक भएकोले एक पटक किनिसकेपछि यसको रकम फिर्ता हुँदैन । आकार र प्रकारमा भिन्नता हुने भएकोले केही ब्यागको मूल्य ४३ हजार डलरभन्दा बढी पर्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी