बजारमा आयो उल्का पिण्डले बनेको ब्याग, मूल्य कति ?
फ्रान्सको लग्जरी एक्सेसरी ब्रान्ड कोपेर्नीले उल्का पिण्डले बनेको सीमित संस्करणको हाते ब्याग सार्वजनिक गरेको छ । उक्त ब्याग हजारौँ वर्षअघि धर्तीमा खसेका उल्कापिण्डमार्फत् बनाइएको हो । यी ब्याग तपाईँको पनि हुनसक्छ तर यसका लागि तपाईँले भारी रकम भुक्तानी गर्नुपर्ने हुन्छ ।
फल/विन्टर २३ फेसन कलेक्सनअन्तर्गत कोपेर्नीले यो अचम्मको हाते ब्याग सार्वजनिक गरेको हो जसले ‘पुरातत्त्व, डिजाइनका साथै शास्त्रीय र आदिम कलालाई जोडने’ कम्पनीले विश्वास गरेको छ । उक्त हाते ब्यागको नाम ‘मिनी मेटेरोइट स्वाइप ब्याग’ हो । उक्त ब्याग कोपेर्नीको अनलाइन स्टोरमा राखिएको छ जसमा यो ५५ हजार वर्ष अघि धर्तीको खसेको उल्का पिण्डबाट बनाइएको बताइएको छ । प्रत्येक ब्याग युनिक हुने भएकोले यसका आकार, रङ भिन्न हुन सक्छन् । अनलाइन स्टोरमा यसको मूल्य ४०,००० हजार युरो अर्थात् ४३,००० डलर मूल्य पर्ने बताइएको छ । नेपाली रुपैयाँमा रूपान्तरण गर्ने हो भने यसको मूल्य ५६ लाख रुपैयाँ पर्छ ।
कोपेर्नीको ब्याग ९×१२×२३ सेन्टिमिटरको रहेको छ । तर तपाईँलाई यसको तौल कति होला भन्ने जिज्ञासा होला । यसको तौल २ किलोग्राम छ । अरू ब्यागभन्दा धेरै नै गह्रुङ्गो ।
यो ब्याग निकै युनिक भएकोले एक पटक किनिसकेपछि यसको रकम फिर्ता हुँदैन । आकार र प्रकारमा भिन्नता हुने भएकोले केही ब्यागको मूल्य ४३ हजार डलरभन्दा बढी पर्न सक्ने अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण