बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

प्रधान सेनापतिद्वारा प्रहरी महानिरीक्षकलाई बधाई

आइतबार, १२ चैत २०७९, १८ : १५
आइतबार, १२ चैत २०७९

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक बसन्त बहादुर कुँवरलाई बधाई तथा शुभकामना दिएका छन् ।  सैनिक मुख्यालयमा भएको भेटका क्रममा आइतबार प्रधानसेनापतिले आईजीपीलाई बधाई तथा शुभकामना दिएका हुन् । सो क्रममा प्रधान सेनापति र आईजीपीबीच आपसी सहकार्यका विषयमा पनि छलफल भएको बताइएको छ । 

कुँवर शुक्रबार मन्त्रिपरिषद्को निर्णयअनुसार आईजीपीमा नियुक्ति भएका थिए भने आजै दर्ज्यानी चिह्न पाएपछि पदभार ग्रहण गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप