नेपाल लाइफका अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण सम्पन्न
काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चैत्र १२ गते इटहरीको दुर्गा पार्टी प्यालेसमा आयोजना गरेको एक दिवसीय अभिकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय प्रशिक्षकद्वारा प्रशिक्षण दिइएको कार्यक्रममा कोशी प्रदेश र मधेस प्रदेशबाट ५०० जना भन्दा अभिकर्ता तथा एजेन्सी म्यानेजरहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमको शुभारम्भ नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले गरेका थिए । उक्त कार्यक्रममा विशेष कारणवश देश बाहिर रहेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले भर्चुअली उपस्थित भई अभिकर्ताहरुलाई स्वागत गरेका थिए । उनले किसिमको कार्यक्रमले सिकाइमा थप टेवा पुग्नेमा आफू विश्वस्त रहेको बताए ।
उक्त कार्यक्रमका सहभागीहरूलाई प्रशिक्षण दिनका लागि भारतको मुम्बई बाट जीवन बीमाका अन्तराष्ट्रिय ख्यातिप्राप्त प्रशिक्षक तथा सफल जीवन बीमा अभिकर्ता विजय कुमार झा उपस्थित थिए ।
कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई धन्यबाद ज्ञापन गर्दै कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले आगामी दिनमा समेत कम्पनीले अभिकर्ताहरुको सीप विकास तथा मनोवल अभिवृद्धि लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
धान रोपाइँमा हराए गोरु र राँगा, बढ्यो ट्याक्टर र पावर टिलरको प्रयोग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण