शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सङ्क्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्ध : मन्त्री शर्मा

आइतबार, १२ चैत २०७९, १९ : ३१
आइतबार, १२ चैत २०७९

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमति जनाउनु शान्ति प्रक्रिया विरुद्धको कुरा भएको बताएकी छन् । आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग(तेस्रो संशोधन) विधेयकप्रति असहमत हुनु शान्ति प्रक्रिया विरुद्धको कुरा भएको बताइन् । 

उनले शान्ति प्रक्रियालाई मन नपराउने र शान्ति प्रक्रियालाई बेठिक ठान्नेहरूले यसको विरोध गरेको दाबी गरिन् । उनले भनिन्, ‘आजको दिनमा संसद्भित्र आउँदा खेरी हिजो सम्झौतामा बस्ने सबै राजनीतिक दलको साझा विषय हो । त्यो मात्रै होइन कि हिजो सम्झौता गर्नेहरूको सबैको साझा विषय त हुँदै हो । सँगसँगै शान्ति प्रक्रिया हामी सबै नागरिकको भएको हुनाले सबै नागरिक र सबै पार्टीको साझा विषय हो ।’

उनले विधेयकको सम्बन्धमा राजनीतिक दलहरूका बीचमा सहमति जुटाउने अधिकतम कोसिस हुने बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप