राजनीति
सत्ता साझेदार दलको बैठक बस्न सकेन
आइतबार, १२ चैत २०७९, २० : ४२
काठमाडौँ । मन्त्रिपरिषद् विस्तारका लागि आइतबार साँझ बस्ने भनिएको सत्ता साझेदार दलको बैठक बस्न सकेन । प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्ततासहित आवश्यक गृह कार्य नपुगेकाले बैठक भोलि बस्ने भएको हो ।
"आज सत्ता साझेदार दलको अनौपचारिक बैठक बस्ने भनिए पनि बस्न सकेन । भोलि दिनभरिमा शीर्ष तह छलफल गरेर मन्त्रालय भागबन्डा टुङ्गो लाग्ला,’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘मन्त्रालय भागबन्डा टुङ्गो लागेमा पर्सी मन्त्रीहरूले शपथ लिने अवस्था हुन सक्छ ।’
सत्ता साझेदार दलका नेताहरू आफ्नो दाबी राखे पनि कसले कति मन्त्रालय पाउने भन्ने टुङ्गो लागि नसकेको ती सचिवालय सदस्यले बताए । अहिलेसम्म गृह मन्त्रालय माओवादी र अर्थ मन्त्रालय कांग्रेसले लिने मोटामोटी सहमति भएको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौँडाका उद्योगबाट चार करोड बक्यौता सङ्कलन
-
अस्ट्रेलियाका बर्गेसको आत्मघाती गोल, अमेरिकालाई सुरुवाती अग्रता
-
इरानसँगको वार्तामा अन्योल उत्पन्न भएपछि राष्ट्रपति ट्रम्प क्याम्प डेभिड प्रस्थान गर्दै
-
म्याग्दीमा रासायनिक मलको अभाव
-
‘राष्ट्रिय दोहोरी गीत प्रतियोगिता २०८३’को उपाधि प्रितम र सपनालाई
-
अमेरिका र अस्ट्रेलिया भिड्दै, यस्तो छ अघिल्लो चरणको समीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण