आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
आइतबार, १२ चैत २०७९, २३ : ०६
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गरेका छन् । उनले सङ्कटकालको घोषणालाई अनुमोदन गर्दै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी, र चक्रवात” बाट प्रभावित क्षेत्रहरूमा पुनः स्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन् ।
मिसिसिपी आपतकालीन व्यवस्थापन निकायले एक विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहनसक्ने बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ । अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकोले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ ।” विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै भनेको छ, “चक्रवातको सम्भावनालाई नकार्न सकिंदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण