आँधीपछि गरिएको सङ्कटकाल घोषणालाई बाइडेनद्वारा अनुमोदन
आइतबार, १२ चैत्र २०७९, २३ : ०६

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडनले दक्षिणी राज्य मिसिसिपीमा आएको विनाशकारी आँधीका कारण गरिएको सङ्कटकालको घोषणालाई अनुमोदन गरेका छन् । उनले सङ्कटकालको घोषणालाई अनुमोदन गर्दै शुक्रबारदेखि शनिबारसम्म ‘भीषण आँधीबेहरी, र चक्रवात” बाट प्रभावित क्षेत्रहरूमा पुनः स्थापना प्रयासहरूलाई पूरक बनाउन संघीय सहायताको आदेश दिएका छन् ।
मिसिसिपी आपतकालीन व्यवस्थापन निकायले एक विज्ञप्ति जारी गर्दै आइतबार साँझ राज्यको ठूलो हिस्सामा भीषण आँधीबेहरी आएको र यो अझै सक्रिय रहनसक्ने बताएको छ ।
विज्ञप्तिमा भनिएको छ, “मिसिसिपीमा खराब मौसमका कारण २५ जनाको मृत्यु भएको छ । अझै पनि विनाशकारी आँधी आउन सक्ने भएकोले सम्भव भएसम्म सुरक्षित स्थलमा रहन आग्रह गरिन्छ ।” विपत् व्यवस्थापन निकायले ट्वीट् गर्दै भनेको छ, “चक्रवातको सम्भावनालाई नकार्न सकिंदैन ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम (पूर्णपाठसहित)
-
टोपबहादुर निलम्बन र मणिलाई ‘बिदा’ दिँदा एमालेमा भीम रावल गायब !
-
भारत भ्रमणबारे राष्ट्रिय सभामा के भने प्रधानमन्त्री प्रचण्डले ?
-
नक्कली भुटानी शरणार्थी प्रकरण : थुनछेक बहसमा केशव दुलालका कानुन व्यवसायीले के भने ?
-
प्रधानमन्त्रीलाई १५ राष्ट्रियसभा सदस्यको प्रश्न : माहोल बिग्रने त्यो अचम्मको पोको के हो ?
-
सुकुम्बासीलाई जग्गाधानी बनाउन सरकार प्रयासरत छ : मन्त्री चौधरी