वुमन्स प्रिमियर लिगको उपाधि मुम्बईलाई
मुम्बई । वुमन्स प्रिमियर लिगको पहिलो सिजनको उपाधि मुम्बई इन्डियन्सले जितेको छ । प्रतियोगिताको फाइनल खेलमा मुम्बईले दिल्लीलाई ७ विकेटले पराजित गरेको हो ।
दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो, जुन मुम्बईले अन्तिम ओभरमा नेट सिभर-ब्रन्टको उत्कृष्ट अर्धशतकीय इनिङ्सको मद्दतले पुरा गरेको थियो। सिभर-ब्रन्ट प्लेयर अफ द म्याच चुनिइन्। उनले ५५ बलमा ६० रन बनाइन् ।
तर, मुम्बई इन्डियन्सको सुरुवात खासै राम्रो भएन । दोस्रो ओभरमा यास्तिका भाटिया चार रनको व्यक्तिगत स्कोरमा आउट भइन्। चौथो ओभरमा हेली म्याथ्युजलाई जेस जोनासेनलाई प्याभिलियन फर्काए । यसपछि कप्तान हरमनप्रीत कौर र नेट सिभर ब्रन्टबीच राम्रो साझेदारी देखिएको थियो । हरमनप्रीत कौर ३७ रन बनाएर रनआउट भइन् ।
यसअघि शिखा पाण्डे र राधा यादवको उत्कृष्ट ब्याटिङको आधारमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई १३२ रनको लक्ष्य दिएको थियो । दिल्ली क्यापिटल्सको सुरुवात निकै खराब रह्यो । मुम्बई इन्डियन्सका बलर इसी वोङले दोस्रो ओभरमा दुई विकेट लिएर दिल्ली क्यापिटल्सलाई ठूलो झटका दिइन् ।
त्यसपछि दिल्ली क्यापिटल्सको टोलीले पुनरागमन गर्न सकेन र लगातार विकेटहरू झर्दै गयो। तर अन्तिम ओभरमा दिल्ली क्यापिटल्सका लागि शिखा पाण्डे र राधा यादवको जोडीले द्रूत रन बनाएर टोलीलाई सम्मानजनक स्कोरमा पुर्याए । दुवैले २७–२७ रन बनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धबिच राष्ट्रिय एकताको आह्वान गर्दै इरानका सर्वाेच्च नेताको सन्देश
-
रवि लामिछानेका सामु भारतीय प्रधानमन्त्री मोदीले दोहोर्याए १२ वर्ष पुरानो कुरा
-
फिल्म अभिनयमा डेब्यु गर्दै गायक पशुपति शर्मा
-
टिकटकर तुलसा अधिकारीको थुनछेक बहस सकियो
-
भिसाको अन्योलबिच विश्वकपका लागि मेक्सिको प्रस्थान गर्दै इरानी टोली
-
एआईलाई सिर्जनात्मक स्वतन्त्रता दिने कि नदिने ? विवादमा तानिए मार्टिन स्कोर्सेस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
Indian Premier League 2026