सांसदलाई दबाब दिन कार्यक्रमस्थलमा आन्दोलनकारी
विराटनगर । विराटनगरको होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापन सम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन सांसदहरू आउने भएपछि पहिचान पक्षधर आन्दोलनकारी होटेल मै पुग्ने भएका छन् ।
युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो । त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको छ । दिउँसो २ः०० बजेदेखि सुरु हुने कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री, मन्त्री तथा सबै सांसदहरूलाई निमन्त्रणा गरिएको छ । जहाँ सांसदहरूलाई दबाब दिन आन्दोलनकारी घेराउमा पुग्ने बताइएको छ ।
पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले कोशी नाम खारेजी गरी ऐतिहासिक पृष्ठभूमि र बहुपहिचानको आधारमा पुनः नामाङ्कनको माग सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन् । समितिका अध्यक्ष डकेन्द्र सिं थेगिमले आफूहरूले सांसदहरूलाई होटलमै घेराउन गर्न लागेको जानकारी दिए । ‘विदेशीको पैसामा होटेलमा बसेर कार्यक्रम गर्ने, जनता मर्ने ? यस्तो हुनुहुँदैन,’ उनले भने, ‘हामी हाम्रो मागको विषयमा सांसदहरूलाई सशक्त ध्यानाकर्षण गराउन चाहन्छौँ ।’
सांसदहरू सहभागी हुने कार्यक्रम र होटेल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी दीपक पोखरेलले आफूहरूले सांसदहरू सहभागी हुने कार्यक्रमलाई सुरक्षाका लागि उचित प्रबन्ध गरेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवादमा प्रकाश सायमी, ‘यो कला होइन, रद्दी व्यवसायको भद्दा रूप हो’
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
आजदेखि ५० युनिटभन्दा बढी बिजुली खपतमा ५ प्रतिशत भ्याट
-
रास्वपा नेता कार्की र अमेरिकी 'योङ रिपब्लिकन' का अध्यक्ष हेडनबिच भेटवार्ता
-
आजदेखि ४०५ स्थानीय तहमा जग्गाको कित्ताकाट रोकियो
-
आजदेखि ८ बैंकले घटाए ब्याजदर, कुन बैंकले कति दिन्छन् ? (सूचीसहित)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण