आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग

मङ्गलबार, १४ चैत २०७९, १२ : ३१
मङ्गलबार, १४ चैत २०७९

काठमाडौँ ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ । अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था हो, जसले २०१८ देखि एसिड तथा अग्नीजन्य हिंसा विरुद्ध काम गर्दै आइरहेको छ । साथ–साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरू पनि चलाउँदै आइरहेको छ । उक्त संस्थाको सद्भावना दूत अभिनेत्री शिल्पा मास्के रहेकी छिन् ।   

सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रहरूमा साथ सहयोग प्रदान गर्दै आइरहेको छ  । 

सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप