सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग
मङ्गलबार, १४ चैत २०७९, १२ : ३१
काठमाडौँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले सामाजिक उत्तरदायित्व अन्तर्गत अस्तित्व नेपाल फाउन्डेसनलाई रु १ लाख रकम सहयोग गरेको छ । अस्तित्व नेपाल, एक गैर नाफामुखी संस्था हो, जसले २०१८ देखि एसिड तथा अग्नीजन्य हिंसा विरुद्ध काम गर्दै आइरहेको छ । साथ–साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श ,सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरू पनि चलाउँदै आइरहेको छ । उक्त संस्थाको सद्भावना दूत अभिनेत्री शिल्पा मास्के रहेकी छिन् ।
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्रहरूमा साथ सहयोग प्रदान गर्दै आइरहेको छ ।
सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णाली सरकारको वार्षिक आम्दानी जम्मा ८८ करोड ९९ लाख
-
टेकुमा निर्माणाधीन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी
-
अमिताभ बच्चनको स्पष्टीकरण, ‘म बिरामी छैन, मेरो पोस्टलाई गलत बुझियो’
-
पहिले पार्टीभित्र र त्यसपछि देशका अन्य शक्तिहरूबिच राष्ट्रिय हितका लागि एकता अपरिहार्य : डा. कोइराला
-
शाहिदीद्वारा अफगानिस्तानको एकदिवसीय टोलीको कप्तानीबाट राजीनामा
-
कीर्तिपुर घटना : सुरेशचन्द्र श्रेष्ठले आत्मदाह गरेको अनुसन्धान निष्कर्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण