सानिमा बैंकद्वारा देशभर वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । ग्लोबल मनी विक–२०२३ अभियान अन्तर्गत सानिमा बैंकले चैत्र ६ देखि चैत्र १२ गतेसम्म देशभरका शाखाहरुबाट वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त अवसरमा बैंक कर्मचारीहरुलाई तीन दिने भर्चुअल तालिमको समेत व्यवस्था गरिएको थियो । उक्त तालिममा वित्तीय साक्षरता कार्यक्रमको उपदेयता र उद्देश्यका बारेमा जानकारी प्रदान गराइएको बैंकले जनाएको छ ।
वित्तीय साक्षरता अन्तर्गत देशभरिका शाखाहरु मार्फत छनौट गरिएका स्कुल तथा कलेजहरुमा बैंकिङ्ग साक्षरता सम्बन्धि कार्यक्रमहरु संचालन गरिएको बैंकको भनाइ छ । साथै ग्लोबल मनी विकको ‘प्लान योर मनी, प्लान्ट योर फ्युचर’ सम्बन्धित विषयवस्तुमा केन्द्रित भई युवा वर्गहरुमा वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले विगतका वर्षहरुदेखि देशका सातै प्रदेशहरुमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आफ्ना शाखाहरु मार्फत युवा, महिला तथा अन्य समुदाय लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण