पदम लिम्बुलाई सहिद घोषणा गर्न जसपाको माग
काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले कोशी प्रदेशमा भएको आन्दोलनमा घाइते भई उपचारको क्रममा निधन भएको पदम लिम्बु (लाजेहाङ) लाई सहिद घोषणा गर्न माग गरेको छ ।
जसपाका प्रवक्ता मनिष सुमनले आज एक विज्ञप्ति जारी विज्ञप्तिमा पहिचान प्राप्तिको आन्दोलनमा होमिएका पदम लिम्बुको निधनप्रति दुख व्यक्त गर्दै जसपाले लिम्बुलाई सहिद घोषणा गरी उनको परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र आन्दोलनमा घाइते भएकाहरूको उचित स्वास्थ्य उपचारको व्यवस्था मिलाउन माग गरेको छ ।
करिब एक महिनादेखि कोशी प्रदेशमा जारी रहेको पहिचान र अधिकारको आन्दोलनलाई सरकारले गम्भीरतापूर्वक नलिएकोमा जसपाले गुनासो गरेको छ । पहिचानको आधारमा प्रदेशको नामकरण गर्नुपर्छ भन्ने जनताको मागप्रति यस अघिका झैँ वर्तमान सरकार पनि असहिष्णु देखिएको टिप्पणी पनि गरेको छ ।
पहिचान र अधिकारको आन्दोलनलाई दमन गर्न सरकार उद्धत देखिएको दाबी गर्दै जसपाले पहिचानको आन्दोलन कुनै समुदाय वा जातिको विरुद्धमा नरहेको स्पष्ट पारेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
-
कोशी प्रदेश मन्त्रिपरिषद्का निर्णय : लोकसेवाको सचिवमा तामाङ, महालेखाको प्रतिवेदन सभामा पेस गरिने
-
सांसद सागर ढकाल सवार गाडी दुर्घटना
-
हिमालयन ट्राभल मार्ट २०२६ काठमाडौँमा सम्पन्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण