मेटल डिटेक्टर लिएर हिँडिरहेका व्यक्तिले पाए साढे दुई किलो सुन, मूल्य २ करोड ३२ लाख

कल्पना गर्नुहोस् कि तपाईँ कुनै विशेष योजना बिना साधारण मेटल डिटेक्टरको साथ घुम्दै हुनुहुन्छ । त्यति नै बेला तपाईँले बिप–बिप आवाज सुन्नुहुन्छ र जहाँबाट यो आवाज आइरहेको छ, त्यहाँ थोरै खोजी गरेपछि तपाईँले लगभग साढे दुई किलो सुन भेट्नुहुन्छ ।
आजको बजार भाउ अनुसार साढे दुई किलो सुनको मूल्य २ करोड ३२ लाख ५५ हजार रुपैयाँ पर्छ । तपाईँको यो विचार अब अस्ट्रेलियामा एक व्यक्तिको वास्तविकता हो ।
अस्ट्रेलियाका यी व्यक्तिले यो सुन भिक्टोरियाको गोल्ड फिल्डमा भेटेका हुन् । यो स्थानमा सन् १८०० मा सुनको खानी थियो ।
नाम नबताउने सर्तमा यी व्यक्तिले उक्त सुन लगभग साढे चार किलोको ढुङ्गामा भेटेका हुन् ।
यो सुनको ढुङ्गा खरिद गर्ने हेरेन क्याम्पले पछिल्लो ४३ वर्षमा उनले यस्तो कुनै पनि चिज नदेखेको बताए ।
क्याम्पले बीबीसीसँगको कुराकानीमा भने, ‘म अचम्ममा थिएँ । यस्तो घटना जीवनमा एक पल्ट मात्रै हुन्छ ।’
क्याम्पले भने, ‘मेरो पसलमा सुन जस्तो देखिने ढुङ्गा लिएर मानिसहरू आइरहन्थे । तर ती व्यक्ति आएर जाँच गर्दा करिब साढे दुई किलो सुन भेटियो ।’
जुन व्यक्तिले यो सुन पाए, उनलाई यसको मूल्य बताउँदा उनले भने, ‘ श्रीमती खुसी हुनेछिन् ।’
अस्ट्रेलियामा यस्तो सुन पाउने घटना शून्य बराबर छ । यद्यपि एक अनुमान अनुसार अस्ट्रेलियामा विश्वमा सबैभन्दा बढी सुनको भण्डार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउदी भ्रमणमा ट्रम्पले घोषणा गरे १४२ विलियन डलरको हतियार सम्झौताको घोषणा
-
ला लिगामा तीन खेल, सबैको नतिजा १-०
-
मर्मत सम्भारपछि नेपाल वायु सेवा निगमका ट्वीन अटर विमान सञ्चालनमा
-
१० बजे १० समाचार : बेलायतबाट सांसदको राजीनामा, पूर्व लेफ्टिनेन्ट कर्णेलविरुद्ध ‘डिफ्युजन नोटिस’
-
प्रिबजेटप्रति किन नरम देखिए विपक्षी ?
-
सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँ : वनमन्त्री शाही