मेटल डिटेक्टर लिएर हिँडिरहेका व्यक्तिले पाए साढे दुई किलो सुन, मूल्य २ करोड ३२ लाख
कल्पना गर्नुहोस् कि तपाईँ कुनै विशेष योजना बिना साधारण मेटल डिटेक्टरको साथ घुम्दै हुनुहुन्छ । त्यति नै बेला तपाईँले बिप–बिप आवाज सुन्नुहुन्छ र जहाँबाट यो आवाज आइरहेको छ, त्यहाँ थोरै खोजी गरेपछि तपाईँले लगभग साढे दुई किलो सुन भेट्नुहुन्छ ।
आजको बजार भाउ अनुसार साढे दुई किलो सुनको मूल्य २ करोड ३२ लाख ५५ हजार रुपैयाँ पर्छ । तपाईँको यो विचार अब अस्ट्रेलियामा एक व्यक्तिको वास्तविकता हो ।
अस्ट्रेलियाका यी व्यक्तिले यो सुन भिक्टोरियाको गोल्ड फिल्डमा भेटेका हुन् । यो स्थानमा सन् १८०० मा सुनको खानी थियो ।
नाम नबताउने सर्तमा यी व्यक्तिले उक्त सुन लगभग साढे चार किलोको ढुङ्गामा भेटेका हुन् ।
यो सुनको ढुङ्गा खरिद गर्ने हेरेन क्याम्पले पछिल्लो ४३ वर्षमा उनले यस्तो कुनै पनि चिज नदेखेको बताए ।
क्याम्पले बीबीसीसँगको कुराकानीमा भने, ‘म अचम्ममा थिएँ । यस्तो घटना जीवनमा एक पल्ट मात्रै हुन्छ ।’
क्याम्पले भने, ‘मेरो पसलमा सुन जस्तो देखिने ढुङ्गा लिएर मानिसहरू आइरहन्थे । तर ती व्यक्ति आएर जाँच गर्दा करिब साढे दुई किलो सुन भेटियो ।’
जुन व्यक्तिले यो सुन पाए, उनलाई यसको मूल्य बताउँदा उनले भने, ‘ श्रीमती खुसी हुनेछिन् ।’
अस्ट्रेलियामा यस्तो सुन पाउने घटना शून्य बराबर छ । यद्यपि एक अनुमान अनुसार अस्ट्रेलियामा विश्वमा सबैभन्दा बढी सुनको भण्डार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा १०२ अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाद्वारा वार्षिक २० अर्ब रुपैयाँ बराबरको ऋणमुक्त विकास लगानी परिचालन
-
लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूले लिए शपथ
-
पेरेज पुनः रियलको अध्यक्षमा निर्वाचित
-
सुनकोसी–मरिन डाइभर्सन आयोजनाका बाँकी संरचना निर्माणका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
-
मानव अधिकार आयोगको प्रतिवेदनमाथि केही गम्भीर प्रश्न
-
रविको भारत भ्रमण र सरकारको काम सर्वदलीय बैठकका एजेन्डा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण